बढ्दोछ एच थ्री एन टु को प्रकोप

कोरोनापछि अब एच थ्री एन टु
( H3N2 )भाइरस (इन्फ्लुएन्जा भाइरस) फैलन थालेको छ । एच थ्री एन टु ( H3N2 ) भाइरसका कारण हालसम्म हाम्रो निकट छिमेकी मुलुक भारतमा ६ जनाको मृत्यु भैसकेको बताइन्छ । स्रोतका अनुसार कर्नाटक , पञ्जाब र हरियाणामा एच थ्री एन टु (H3N2 ) भाइरसका कारण मानिसको मृत्यु भएको पुष्टि भैसकेको छ । यद्यपि यो प्रारम्भिक अनुसन्धानको कुरा मात्र भएको स्रोतले जनाएको छ । एच थ्री एन टु ( H3N2 ) बाट मृत्युको कारण निर्धारण गर्न थप अनुसन्धान आवश्यक छ । अर्कातर्फ कर्नाटकको हसनमा एच थ्री एन टु ( H3N2 ) भाइरसबाट एक जनाको मृत्यु भएको पुष्टि गरिएको छ । मृतक एच गौडा भएको बताईएको छ । उनि ८२ वर्षका थिए । उनलाई २४ फेब्रुअरीमा अस्पताल भर्ना गरिएको थियो ।
एच थ्री एन टु ले चिन्ता बढायो : एच थ्री एन टु ( H3N2 ) इन्फ्लुएन्जाको प्रकोपले अहिले सबैको चिन्ता बढाएको छ । तीन वर्षपछि कोरोना महामारीबाट मुक्त भएका बेला इन्फ्लुएन्जाका केसहरु बाहिर आउनु यो सम्पूर्ण क्षेत्रका लागि चिन्ताको बिषय भएको हो । खासगरी यो भाईरसबाट बालबालिका तथा बृद्धबृद्धाहरु सिकार भैरहेका छन् ।
चिकित्सकहरुका अनुसार इन्फ्लुएन्जाका अधिकांश बिरामीमा खास किसिमको लक्षण देखिन्छ । जस्तै : खोकी , घाँटीमा संक्रमण, शरीर दुख्ने, नाकबाट पानी आउने ।
पुराना बिरामीहरूले सावधानी अपनाउनु पर्छ : यो भाईरस लाई लिएर चिकित्सा विज्ञहरू सतर्क अवस्थामा पुगेका छन् । उनिहरुले यो प्रकोपसँग लड्न दिशानिर्देश तथा सुझावहरू दिइरहेका छन् । एच थ्री एन टु ( H3N2 ) एक प्रकारको इन्फ्लुएन्जा भाइरस हो , जसका बिरामीहरू हरेक वर्ष यहि समयमा देखा पर्छ । यो भाइरस समय संगै परिवर्तन हुन्छ । यो इन्फ्लुएन्जा भाइरस कोभिड जस्तै तिब्र गतिमा फैलन्छ । यसबाट ती व्यक्तिहरूले बिशेष सावधानी अपनाउनु पर्छ जसलाई पहिले पनि यो रोग लागिसकेको छ । यसबाट जोगिन सावधानीका रूपमा मास्क लगाउने , बारम्बार हात धुने , शारीरिक दुरी कायम गर्ने जस्ता उपाय अपनाउनु पर्छ । यसबाट जोगिने खोप पनि उपलब्ध छ ।
एच थ्री एन टु तथा कोभिड – १९ बीचको भिन्नता : एम्सको मेडिसिन विभागका प्रोफेसर पियुष रञ्जनका अनुसार कोभिडले श्वासप्रश्वासको तल्लो भागमा असर गर्छ । जबकि एच थ्री एन टु ले माथिल्लो श्वासप्रश्वास प्रणाली लाई असर गर्छ । यसले ज्वरो तथा रुघा- खोकी निम्त्याउनुका साथै घाँटी , नाक र आँखा लामो समयसम्म पोल्ने समस्या सृजना गर्दछ । वास्तवमा कोभिड र एच थ्री एन टु दुवैका लक्षण समान छन । भनिन्छ – एच थ्री एन टु कोभिडको तुलनामा द्रुत रूपमा फैलिरहेको छ । भारतमा केही निजी अस्पतालले एच थ्री एन टु को परीक्षण गरारहेका छन् भने चिकित्सकहरू यो परीक्षण अनावश्यक र महँगो भएको बताउँछन् । किनभने सरकारी अस्पतालमा यसको परीक्षण हुन सकेको छैन । भारतका निजी अस्पतालले एच थ्री एन टु परीक्षणका लागि ६ हजार भारतिय रुपैयाँ ( ९६० नेरु ) सम्म शुल्क लिइरहेका छन् ।
प्रतिक्रिया