ठमेलमा कला प्रदर्शनी

काठमाडाैं । सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालको आयोजनामा काठमाडौँ महानगरपालिका–२६ स्थित काठमाडौँ ईको होटलमा छ दिने कला प्रदर्शनी चलिरहेको छ ।
सन् २०१० देखि सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गर्दै आएको संस्था सोसाइटी फर स्ट्रिट चिल्ड्रेन इन नेपालकी सञ्चालक ईभा होल्मवर्ग टेडेटले संरक्षित बालबालिकामा भएको कलासम्बन्धी ज्ञान उजागर गर्न यो कला प्रदर्शनी गरिएको जानकारी दिएका छन् ।
विगत १३ वर्षमा चार सयभन्दा बढी सडक बालबालिका र अन्य क्षेत्रका बालबालिकालाई संरक्षण गरिसकेको सो संस्थाले अहिले ५५ बालबालिकालाई संरक्षण गरिरहेको अध्यक्ष टेडेटले बताए ।
उक्त संस्थाले भूकम्पको समयमा नुवाकोट, सिन्धुपाल्चोक, धादिङलगायतका जिल्लामा भत्किएका विद्यालयको पुनःनिर्माण, विभिन्न जिल्लामा मौरीपालन, बाख्रा वितरण, महिला हिंशा न्यूनीकरणलगायतका कार्यक्रम सञ्चालन गर्दै आएको छ । छ दिनसम्म चल्ने कला प्रदर्शनीमा सात बालबालिकाले बनाएका २८ कला प्रदर्शनीमा राखिएको छ।
प्रतिक्रिया