१४ अंकले नेप्से घट्दा एक अर्ब २० करोडको सेयर किनबेच

काठमाडौं । नेप्सेमा पुन गिरावट आएको छ । अघिल्लो दिन झण्डै दुई अंकले बढेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने १४ दशमलव ४४ अंकले घटेर १९ सय ३८ दशमलव ६२ अंकमा झरेको छ । यसैगरी सेन्सिटिभ इन्डेक्स पनि तीन दशमलव शुन्य तीन प्रतिशतले घटेर तीन सय ६५ दशमलव २९ अंकमा झरेको छ ।
दुई सय ५३ वटा कम्पनीहरुको २५ हजार चार सय ९१ पटकको कारोबारमा ३७ लाख १६ हजार छ सय ८४ कित्ता सेयर खरिद-बिक्री भएकोमा आज कुल कारोबार रकम एक अर्ब २० करोड २१ लाख ४१ हजार आठ सय ८२ रुपैयाँ पुगेको छ ।
नेप्सेमा आज १३ वटा समूहहरुको कारोबार भएकोमा ट्रेडिङ समूहको सूचक १० दशमलव ५७ अंकले बढेर बाँकी समूहहरुको सूचक घटेका छन् । सो मध्ये वाणिज्य बैंक समूहको सूचक नौ दशमलव ९४ अंकले घटेर १२ सय ५९ दशमलव शुन्य आठ अंकमा झरेको छ । विकास बैंक समूहको सूचक २७ दशमलव २४ अंकले घटेर तीन हजार पाँच सय ५५ दशमलव १५ अंकमा झरेको छ ।
जलबिद्युत समूहको सूचक पनि नौ दशमलव ६९ अंकले घटेर २५ सय ४९ दशमलव ७६ अंकमा झरेको छ । जीवन बिमा समुहको सूचक पनि ६९ दशमलव ४६ अंकले घटेर नौ हजार छ सय ९४ दशमलव २० अंकमा झरेको छ । निर्जिवन बिमा समूहको सूचक पनि १७ दशमलव शून्य ६ अंकले घटेर आठ हजार सात सय ९० दशमलव २४ अंकमा झरेको छ । फाइनान्स, होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, सामुहिक लगानी कोष र ट्रेडिङ समूहको सूचक पनि घटेका छन् ।
नेप्सेमा आज युनिक नेपाल लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य नौं दशमलव ९९ प्रतिशतले बढेर १४ सय ५८ रुपैयाँ ४० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार हुँदा किसान लघुवित्त वित्तीय संस्थाको प्रतिकित्ता सेयर मूल्य पाँच दशमलव ९० प्रतिशतले घटेर ६ सय ५७ रुपैयाँ ६० पैसा अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।
यसैगरी आज एनआईसी एशिया बैंकको प्रतिकित्ता सात सय ४८ रुपैयाँ अन्तिम मुल्यमा १० करोड ३५ लाख २२ हजार ३३ रुपैंयाँको सेयर कारोबार भएको छ । यो आज भएका कम्पनीहरुको कारोबार रकम मध्येमा सबैभन्दा बढी हो ।








प्रतिक्रिया