भारतिय सुरक्षाकर्मीले नेपाली नागरिकलाई हाने झापड, नाकामा तनाब

नेपालखोज २०७९ चैत २ गते १७:५७

महोत्तरी । भारतिय सुरक्षाकर्मीले नेपाली नागरिकलाई झापड हानेपछि नाकामा तनाब सृजना भएको छ।

दसगजामै रहेको सडक पार गर्ने क्रममा भारतिय प्रहरीले नागरिकता मागेको र साथमा नरहेको बताउदा आफुमाथी कुटपिट भएको पिडितले बताए। बुधबार सो घटना घटेपछि बोर्डरमा नेपालीले प्रदर्शन गरेका थिए ।

सामान तस्करी गर्न लागेको र सामान्य सोधपुछ मात्र गरेको भन्दै सुरक्षाकर्मी पन्छिन खोजेको प्रत्यक्षदर्शीले बताए।

यता दशगजामा विवाद बढ्दै गएपछि बिहीबार नेपालमै दुईतर्फका स्थानीय निकायका जनप्रतिनिधि बसेर छलफल गर्ने बताएपछि स्थिति सामान्य भएको छ।

यता नेपालतर्फका सुरक्षाकर्मीले समेत नाकामा सतर्कता अपनाएका छन्। भोलि बस्ने बैठकमा विवादको समाधान हुने र पुनः नाकामा यस्तो घटना नदोहोरिने गरी प्रतिबद्धता जनाउने पहल भइरहेको सशस्त्र प्रहरी बल नेपालका प्रवक्ता डिएसपी शैलेन्द्र थापाले बताए।

नाकामा पटक–पटक भारतीय सुरक्षाकर्मीहरूबाट सीमापारि जाने नेपाली नागरिकमाथि कुटपिट, दुर्व्यवहार हुने गरेको छ।

प्रतिक्रिया