यी हुन् २०२३ का उत्कृष्ट विमानस्थल

सिंगापुरको चाङ्गी विमानस्थलले विश्वकै उत्कृष्ट विमानस्थलको उपाधि जितेको छ । चाङ्गीले दुई वर्षको कोरोना महामारी यात्रा प्रतिबन्धका क्रममा कतारसँग आफ्नो ताज गुमाएको थियो । यो सुचिमा दोहाको हमाद अन्तर्राष्ट्रिय विमानस्थल दोस्रो स्थानमा छ भने टोकियोको हानेदा विमानस्थल तेस्रो स्थानमा छ ।
स्काईट्रैक्स वर्ल्ड एयरपोर्ट अवार्ड्स -२०२३ को सूचीमा एउटा पनि अमेरिकी एयरपोर्ट परेका छैनन । पेरिसको चार्ल्स डी गाउल युरोपको समग्रमा शीर्ष स्थानमा उक्लिएको छ, यद्यपि यो बिमानस्थल यो सूचीमा एक स्थान माथि उक्लिएर पाँचौं स्थानमा छ । सिएटलको टाकोमा अन्तर्राष्ट्रिय विमानस्थल उत्तरी अमेरिकामा सबैभन्दा उच्च स्थान हासिल गर्न सफल भएको छ । तैपनि स्काईट्रैक्स विश्व एयरपोर्ट अवार्ड -२०२३ को सूचीमा यो १८ औं स्थानमा छ । यो बिमानस्थल गत वर्ष २७ औं स्थानमा थियो ।
चाङ्गी १२ औं पटक विश्वको उत्कृष्ट विमानस्थल घोषित भए पछि चाङ्गी एयरपोर्ट ग्रुपका सीईओ ली सिओ हियाङले भने, ‘चांगी एयरपोर्टलाई बाह्रौं पटक विश्वको उत्कृष्ट एयरपोर्ट मानिएको छ। यो मान्यता विगत दुई वर्षमा कोभिड–१९ को चुनौति सामना गर्न दृढताका साथ उभिएका विश्वका सबै विमानस्थलका लागि ठूलो हौसला हो ।
Skytrax World Airport Awards ग्राहक सन्तुष्टि सर्वेक्षण द्वारा निर्धारण गरिन्छ। यो सूचीमा धेरै प्रतिष्ठित एयरपोर्टहरू धेरै तल छन् । उदाहरणका लागी न्यूयोर्कका जोन एफ केनेडी तीन स्थान झरेर ८८ औं स्थानमा छ भने चीनको शेन्जेन २६ स्थान माथि उक्लदै ३१औँ स्थानमा छ । हङकङको विमानस्थल शेन्जेन भन्दा दुई स्थान माथि छ । मेलबर्न, अष्ट्रेलियाको एयरपोर्ट गत वर्षको २६ औँ स्थान बाट १९ औं स्थानमा उक्लिएको छ । लन्डनको हिथ्रो विमानस्थल ९ स्थान तल झर्दै २२ औं स्थानमा छ ।
यी हुन् २०२३ का उत्कृष्ट विमानस्थल
– सिंगापुर चांगी
– दोहा हमाद
– टोकियो हानेडा
– सियोल इन्चेन
– पेरिस चार्ल्स डे गौले –
– इस्तानबुल
– म्युनिख
– जुरिच
– टोकियो नारिता
– म्याड्रिड बराजस
– भियना
– हेलसिंकी-भान्ता
– रोम फ्युमिसिनो
– कोपेनहेगन
– कन्साई
– सेन्ट्रेयर नागोया
– दुबई
– सिएटल-टाकोमा
– मेलबर्न
– भ्यानकुभर ।
प्रतिक्रिया