अन्तर्राष्ट्रिय फौजदारी अदालतले जारी गर्याे रुसी राष्ट्रपतिविरुद्ध पक्राउ पुर्जी
नेपालखोज
२०७९ चैत ४ गते ६:२८

काठमाडाैं । अन्तर्राष्ट्रिय फौजदारी अदालतले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ । आईसीसीले पुटिनमाथि युद्ध अपराध गरेको आरोप लगाएको छ । यी अपराधहरूमा युक्रेनबाट बालबालिकालाई अवैध रूपमा रुस पठाउने काम समेत समावेश छ ।
रूसले २४ फेब्रुअरी २०२२ मा युक्रेन माथि एकतर्फि आक्रमण सुरु गरे पछि रुस बिरुद्ध युद्ध अपराधको बात लाग्दै आएको छ । रुसले आक्रमणका क्रममा युद्ध अपराध भएको आरोप अस्वीकार गरेको छ । पुटिनको गिरफ्तारी वारेन्ट प्रति प्रतिक्रिया दिँदै रुसी विदेश मन्त्रालयका प्रवक्ताले भने कि यसको ‘कुनै महत्त्व’ छैन ।
प्रवक्ता मारिया जाखारोभाले आफ्नो टेलिग्राम च्यानलमा भनिन्, ‘अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले हाम्रो देशका लागि कानूनी दृष्टिकोणबाट कुनै अर्थ राख्दैन ।’
सम्बन्धित
प्रतिक्रिया