सोमबार, वैशाख २९, २०८२

युट्युबमा फर्किए डोनाल्ड ट्रम्प

नेपालखोज २०७९ चैत ४ गते १३:०८

काठमाडौं । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प युट्युब च्यानलबाट गायब भएको २ वर्षपछि युट्युबमा फर्किएका छन् ।

उनले आफ्नो युट्युब च्यानल र आफ्नो फेसबुक पेजमा ११ सेकेन्डको भिडियो पोस्ट गरे जसमा उनले लेखे, ‘म फिर्ता आएको छु !’ भिडियो उनको चुनावी र्‍यालीको हो जसमा उनले भनेका छन्, ‘तपाईलाई पर्खिराख्न माफ गर्नुहोस्, यो जटिल विषय हो ।

सन् २०२० मा भएको राष्ट्रपतीय निर्वाचनमा पराजयपछि उनका समर्थकहरुले वाशिङटनको क्यापिटल बिल्डिङमा आक्रमण गरेपछि उनको सामाजिक सञ्जाल अकाउन्ट फ्रिज गरिएको थियो । उनलाई सामाजिक सञ्जालमार्फत आफ्ना समर्थकहरुलाई आक्रमण गर्न उक्साएको आरोप लागेको थियो ।

उनी फेरि एकपटक राष्ट्रपतिको चुनाव लड्ने तयारीमा रहेको बताइएको छ, यसैलाई मध्यनजर गर्दै उनलाई फेरि सामाजिक सञ्जालमा देखापरेको हो ।

प्रतिक्रिया