सोमबार, वैशाख २९, २०८२

आईएमएफले दियो श्रीलंकालाई ठूलो राहत, तीन अर्ब डलरको बेलआउट प्याकेज

नेपालखोज २०७९ चैत ७ गते ११:५५

काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले स्वतन्त्रता पछि सबैभन्दा खराब आर्थिक संकटको सामना गरिरहेको श्रीलंकाका लागि ४ अर्बको बेलआउट प्याकेज स्वीकृत गरेको छ।

करिब एक वर्षदेखि यो सम्झौताको चर्चा चलिरहेको थियो र अर्बौं डलरको ऋणमा डुबेको श्रीलंकाका लागि यो लाइफलाइनभन्दा कम छैन ।

श्रीलंकाका राष्ट्रपति रनिल विक्रमासिङ्घेले बेलआउट प्याकेज स्वीकृत गरेकोमा आईएमएफलाई धन्यवाद दिएका छन् ।

उनले ट्वीटमा भनेका छन्, ‘आइएमएफको यो प्याकेज देशको ऋण घटाउन र सुधारवादी एजेन्डा हासिल गर्न निकै महत्वपूर्ण छ । -बीबीसी हिन्दी

प्रतिक्रिया