अमेरिकास्थित भारतीय महावाणिज्य दूतावासमा भएको आक्रमणको निन्दा

लण्डन । लण्डनस्थित भारतीय उच्चायोगको भवनमा फहराईएको भारतको रास्ट्रिय झन्डा हटाईएको घटनालाई लिएर भएको हंगामा शान्त नहँदै अमेरिकी सहर सान फ्रान्सिस्कोस्थित भारतीय महावाणिज्य दूतावासमा खालिस्तानी समर्थकले आक्रमण गरेको घटना सार्वजनिक भएको छ । यो हमलापछि अमेरिकाले एक विज्ञप्ति जारी गर्दै यो ‘बिल्कुल अस्वीकार्य’ भएको बताएको छ ।
सिख पृथकतावादीहरूको समूहले सान फ्रान्सिस्कोस्थित भारतीय वाणिज्य दूतावासको अस्थायी पुलिस घेरा तोड्यो र त्यसपछि दुई तथाकथित खालिस्तानी झण्डाहरू फहराईए । खालिस्तानी समर्थकहरूले दूतावासको भित्तामा स्प्रे पेन्ट लगाएर फ्री अमृतपालको नारा पनि लेखेका थिए । प्रदर्शनकारीहरूले खलिस्तानको समर्थनमा नारा समेत लगाए ।
अमृतपाललाई अहिले पञ्जाब पुलिसले खोजिरहेको छ । उनी आफूलाई खालिस्तानी समर्थक भन्छन् ।
आक्रमणका भिडियो भाइरल
रिपोर्टहरूका अनुसार पृष्ठभूमिमा चर्को सङ्गीत बजिरहेको भिडियोमा ठूलो भीडले भारतीय वाणिज्य दूतावासमा आक्रमण गरिरहेको देख्न सकिन्छ, जहाँ पर्खालमा फ्री अमृतपाल शब्दहरू स्प्रे-पेन्ट गरिएको थियो।
रिपोर्ट अनुसार धेरै भिडियोहरू आक्रमणकारीहरूले आफैं खिचेका थिए। जसमा पुरुषहरू खालिस्तानी झण्डा बोकेर वाणिज्य दूतावासको भवनको सिसाको ढोका र झ्यालमा आक्रमण गरिरहेको देख्न सकिन्छ। यद्यपि, तथाकथित खालिस्तानी झण्डा दूतावासका कर्मचारीहरूले तत्काल हटाए।
आक्रमणको भोलिपल्ट, ह्वाइट हाउसमा रणनीतिक सञ्चारका लागि राष्ट्रिय सुरक्षा परिषद्का संयोजक जोन किर्बीले एक पत्रकार सम्मेलनमा घटनाको कडा निन्दा गरे र यसलाई “पूर्ण रूपमा अस्वीकार्य” भएको बताए । किर्बीले भने, ‘राज्य विभागको कूटनीतिक सुरक्षा सेवाले स्थानीय अधिकारीहरूसँग यस विषयमा हेरिरहेको छ।’ उनले भने, ‘म सान फ्रान्सिस्को प्रहरीका तर्फबाट बोल्न सक्दिन, तर के भन्न सक्छु भने कूटनीतिक सुरक्षा सेवाले उचित अनुसन्धान गर्न स्थानीय अधिकारीहरूसँग काम गरिरहेको छ। राज्य विभागले क्षतिपूर्तिको काम पनि गर्नेछ।’
अमेरिकी विदेश मन्त्रालयले आक्रमणका लागि जिम्मेवार व्यक्तिहरूको जवाफदेहिता तय गरिने जनाएको छ। स्टेट डिपार्टमेन्टले एक विज्ञप्तिमा भनेकोछ , ‘अमेरिका आइतवार सान फ्रान्सिस्कोमा भारतीय वाणिज्य दूतावासमा भएको आक्रमणको निन्दा गर्दछ । अमेरिकामा कूटनीतिक केन्द्रहरूमा हिंसा दण्डनीय अपराध हो।’ परराष्ट्र मन्त्रालयको दक्षिण र मध्य एसिया ब्यूरोले भनेको छ, ‘यी केन्द्रहरू र यसमा काम गर्ने कूटनीतिज्ञहरूको सुरक्षा हाम्रो प्राथमिकता हो।’
भारतले सान फ्रान्सिस्कोस्थित वाणिज्य दूतावासमा तोडफोडको घटनालाई लिएर दिल्लीस्थित अमेरिकी राजदूतसँग कडा विरोध गरेको थियो। भारतीय विदेश मन्त्रालयले अमेरिकी सरकारलाई यस्ता घटना दोहोरिन नदिन उचित कदम चाल्न भनिएको जनाएको छ ।
प्रतिक्रिया