आइतबार, असार २२, २०८२

अफगानिस्तान भूकम्पः एघार जनाको मृत्यु

नेपालखोज २०७९ चैत ८ गते १०:४७

काबुल । अफगानिस्तान र पाकिस्तानका विभिन्न क्षेत्रमा मङ्गबार राति भएको ६ दशमलव ५ म्याग्निच्युडको भूकम्पमा ११ जनाको मृत्यु भएको छ भने सयौँ घाइते भएका छन् । अफगानिस्तानमा दुई र पाकिस्तानमा नौ जनाले ज्यान गुमाएका सरकारी अधिकारीहरूले बताएका छन् ।

भूकम्पको केन्द्रबिन्दु पाकिस्तान र ताजिकिस्तानको सिमाना नजिक अवस्थित अफगानिस्तानको जुर्म शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको संयुक्त राज्य अमेरिकाको भूगर्भ सर्वेक्षणले जनाएको छ । भारतको राजधानी नयाँदिल्लीसम्म भूकम्पको धक्का महसुस गरिएको थियो ।

उत्तरपश्चिम पाकिस्तानका विभिन्न भागमा घरका छाना खस्दा नौ जनाको मृत्यु भएको तथा अफगातिस्तानको स्वातमा एक १० वर्षीया बालिका र लोयर दिरमा एक २४ वर्षीय पुरुषकोे घरको पर्खाल भत्किँदा मृत्यु भएको छ । भूकम्पपछि दुवै देशका विभिन्न भागमा भूस्खलन भएको छ ।

प्रतिक्रिया