मंगलबार, वैशाख १८, २०८१

बाराका थप ६ जनामा कोरोना संक्रमण

नेपालखोज २०७७ जेठ ९ गते २०:२०

बारा । बाराको सिम्रौनगढस्थित कंकाली क्‍वारेन्टाइनमा रहेका ६ जनामा कोरोना संक्रमण पृष्टि भएको छ। भारतबाट एक साताअघि नेपाल आएका ५२ जनालाई बुधबार गरिएको स्वाब परीक्षणमा ६ जनामा कोरोना संक्रमण पृष्टि भएको हो।

हेटौंडास्थित प्रदेश जनस्वाथ्य प्रयोगशालामा बुधबार स्वाब परीक्षणका लागि पठाइएकोमा आज नतिजा आएको हो। जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

विभिन्न कामको सिलसिलामा भारतमा रहेका उनीहरु सिम्रौगढ नगरपालिका १, २, ११ र ७ का हुन्। ‘संक्रमित सबैलाई कलैया अस्पताल लैजाने तयारी भइरहेको छ’, बाराका प्रजिअ पण्डितले भने। संक्रमित ६ जना ३८, ४५, ३४, २२, २५ र २७ वर्षका पुरुष छन्।

आज संक्रमण पृष्टि भएका ६ जनासँगै बारामा कोरोना संक्रमितको संख्या ११ पुगेको छ। पछिल्लो समय कामको सिलसिलामा भारतमा रहेका नेपालीहरु दैनिक सयौंको सख्यामा जिल्ला प्रवेश गरेका छन्।

उनीहरुलाई जिल्ला प्रवेश गरेलगत्तै सम्बन्धित स्थानीय तहको क्‍वारेनटान्इनमा राखेर स्वाब परीक्षण गराई नतिजाका आधारमा घर पठाउने गरिएको छ।

प्रतिक्रिया