शुक्रबार, वैशाख १२, २०८२

हेलिकोप्टरबाट उद्धार गरेर खाँदबारीबाट काठमाडौं ल्याइएकी सुत्केरीको मृत्यु

नेपालखोज २०७७ जेठ १० गते १४:४६

काठमाडौँ । थप उपचारका लागि हेलिकप्टरबाट उद्धार गरेर संखुवासभाको खाँदबारीबाट काठमाडौं ल्याइएकी गङ्गा कार्कीको मृत्यु भएको    छ ।

उपचारका क्रममा काठमाडौस्थित परोपकार प्रसूति गृह तथा स्त्रीरोग अस्पताल थापाथलीमा शुक्रबार राति १०ः३० बजे उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक मीमबहादुर लामाले जानकारी दिए ।

नवजात शिशु गुमाएकी ३२ वर्षीया उनलाई नेपाली सेनाको हेलिकप्टर मार्फत शुक्रबार ४ बजे काठमाडौँ ल्याइएको थियो । उनलाई जिल्ला अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका लागि प्रसूति गृह ल्याइएको थियो। सो अस्पताल प्रसूति तथा स्त्रीरोग सेवाका लागि केन्द्रीय विशेषज्ञ अस्पतालको रुपमा रहेको छ ।

उनलाई गत चैत ४ गते जिल्ला अस्पताल खाँदबारीमा भर्ना गरिएको थियो । चिकित्सकले शिशु अप्ठ्यारो गरेर बसेको पत्ता लगाएपछि उनीलाई विराटनगरस्थित नोबेल अस्पताल रिफर गरिएको थियो ।

सो अस्पतालमा मृत शिशु जन्मेपछि उनी बेहोस भएकी थिइन् । त्यहाँ उनका परिवारले रु। दुई लाखभन्दा बढी खर्च गरेका जनाइएको छ । अस्पतालमा थप शुल्क तिर्न नसकेपछि उनलाई घर फर्काइएको थियो ।

प्रतिक्रिया