शनिबार, वैशाख १३, २०८२

नायिका राउतले मागिन माफी

नेपालखोज २०७७ जेठ ११ गते १४:००

काठमाडौं । नायिका बर्षा राउतले माफी मागेकी छिन् । उनले नेपाल भारत सीमा विवादबारे आफ्नो एक अभिव्यक्तिप्रति माफी मागेकी हुन् । बर्षाले आगामी दिनहरुमा यस्ता गम्भीर विषयमा अभिव्यक्ति दिँदा पक्कै पनि हेक्का राख्ने बताएकी छन् ।

नेपाल भारत सीमा विवादलाई लिएर नायिका राउतले दुवै देशका राजनीतिज्ञले मिलेर यो समस्या हल गर्नुपर्नेमा अहिले पत्रकारहरुले लडाईँ गरिरहेकोले आफ्ना भारतीय समर्थक रिसाएको भाव झल्कने अभिव्यक्ति दिएकी थिइन् ।

जसको सामाजिक सञ्चालमा चर्को आलोचना भएको थियो । आलोचकहरु बढेपछि बर्षाले आइतबार बिहान फेसबुकमार्फत माफी माग्दै आगामी दिनमा अभिव्यक्ति दिँदा हेक्का राख्ने बताएकी हुन् ।

उनले भनेकी छन, ‘मैले प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोलेका केही शब्दमा हेक्का नभएकाले केही गल्ती बोलेँ होला जसको सन्दर्भ टेढिएर गलत अर्थ लागे होलान् । यस्तो परिस्थिति खडा भएकामा म क्षमाप्रार्थी छु र अब आइन्दा यसरी बोल्दा पक्कै हेक्का राख्छु ।’

अन्तरवार्तालाई लिएर भइरहेको आलोचनाले आफूमा भावनात्मक ठेस पुगेको बर्षाले बताएकी छन् । ‘

हो, प्रत्यक्ष प्रसारण भइरहेको कार्यक्रममा बोल्दै जाँदा म कुनै कुरामा चुकेँ होला, बोल्दै जाँदा जिब्रो चिप्लियो होला तर मनभित्र आफ्नो देश, आफ्नो राष्ट्रियताप्रतिको सम्मानमा म अलिकति पनि चुकेकी छैन, अलिकति पनि माथितल परेकी छैन’, बर्षाले भनेकी छन् ।

प्रतिक्रिया