सोमबार, वैशाख २२, २०८२

आफूविरुद्धको दाबी विरोध र उजुरी उपर स्पष्टीकरण बुझाउँदै रवि

नेपालखोज २०७९ चैत २२ गते ८:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवम् चितवन २ का उमेदवार रवि लामिछानेविरुद्ध परेको ४ दाबी विरोध र उजुरी उपर आज उनले स्पष्टीकरण बुझाउदै छन् ।

मंगलबार रविविरुद्ध उजुरी परेपछि मुख्य निर्वाचन अधिकृतको कार्यालयले रविलाई स्पष्टीकरण सोधेको छ । आज दिउँसो १ बजेभित्र स्पष्टीकरण पेस गर्न भनिएको मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बताए ।

१ बजेसम्म प्रस्टीकरण आएपछि दाबी विरोध र उजुरीबारे साँझ ५ बजेसम्म निर्णय लिने अधिकृत न्यौपानेले बताए । युवराज सफलले दर्ता गराएको उजुरीको स्पष्टीकरण भने निर्वाचन आयोगमा पठाइनेछ ।

स्वतन्त्र उमेदवार सन्तोष थापा, राष्ट्रिय जनमोर्चाका उमेदवार जनकराज शर्माका प्रतिनिधि डम्बर पुरी र अर्का स्वतन्त्र उमेदवारका प्रतिनिधि शिवबहादुर सुवेदीले दाबी विरोध गरेका हुन् ।

त्यस्तै, रविविरुद्ध उजुरी दिँदै आएका युवराज पौडेल सफलले उमेदवारी खारेज गर्न माग गर्दै उजुरी दिएका छन् ।

प्रतिक्रिया