टोयोटाको नयाँ बिलासि कार

काठमाडाैं । अब कार निर्माता कम्पनी टोयोटाले नयाँ विलासी कार बजारमा उतार्दैछ, जुन अहिले सम्म आएका गाडीहरु भन्दा एकदमै फरक छ ।
टोयोटाको यो नयाँ मोडलको नाम New Toyota Hyryder हो । टोयोटा कम्पनीले यो नयाँ टोयोटा हाइराइडर सीएनजी भेरियन्टमा लन्च गर्दैछ । यो CNG टोयोटा हाइराइडर दुई फरक भेरियन्टमा उपलब्ध हुनेछ । पहिलो संस्करण जी हुनेछ भने दोस्रो भेरियन्ट एस मा उपलब्ध हुनेछ ।
नयाँ टोयोटा हाइराइडर विशेषता
यो कारमा उत्कृष्ट सुविधाहरू दिइएको छ । जस्तो कि यसमा टचस्क्रिन डिस्प्ले रहनेछ । यसमा ९ इन्चको टचस्क्रिन तथा एम्बियन्ट लाइटिङ जस्ता सुविधाहरू उपलब्ध हुनेछन ।
सुरक्षाका लागि यसमा एयरब्याग पनि दिइएको छ । यसका साथै यो गाडीले २६.६ kmpl माइलेज दिने बताइएको छ । यो कार पेट्रोल इन्जिन र हाइब्रिड पेट्रोल इन्जिन दुवैमा पनि उपलब्ध छ । यसको सीएनजी भेरियन्ट अर्बन क्रुजर हाइराइडरमा १.५ लिटर के सिरिजको इन्जिन दिइएको छ ।
नयाँ टोयोटा हाइराइडरको मूल्य
यो गाडीको मूल्य यसको विभिन्न भेरियन्ट अनुसार फरक-फरक छ । यसको एस भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २१ लाख १५ हजार रुपैयाँ जति हुनेछ भने जी भेरियन्टको अन्तर्राष्ट्रिय बजार मूल्य लगभग २४ लाख ५० हजार रुपैयाँ जति हुनेछ।
प्रतिक्रिया