शनिबार, पुष १२, २०८२

के विलियमसनले विश्वकप गुमाउँदै छन् ?

नेपालखोज २०७९ चैत २४ गते १२:४५

गुजरात । आईपीएलको उद्घाटन खेलमा घाइते भएका न्युजिल्यान्डका कप्तान केन विलियमसनले विश्वकप पनि गुमाउने सम्भावना बढेको छ ।

चेन्नई सुपर किङ्ग्सविरुद्वको खेलमा घुँडाको चोट लागेका गुजरात टाइटान्सका ब्याटर विलियमसनले आईपीएलको पूरा सिजन नै गुमाउने यसअघि नै निश्चित भइसकेको छ।

‘केन प्रतियोगिताको सुरुमै घाइते भएर पूरा सिजन उनलाई गुमाउनु पर्दा दुःख लागेको छ, हामी उनको सिघ्र स्वास्थलाभ कामना गर्छौं,’ गुजरात टाइटन्सका निर्देशक विक्रम सोलान्कीले भनेका थिए ।

मंगलबार न्युजिल्यान्ड फर्किएका विलियमसनको शल्यक्रिया दुई/तीन साता भित्र हुने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

विलियमसनको घुँडामा शल्यक्रिया गर्नुपर्ने भएकाले आगामी अक्टोबर-नोभेम्बरमा भारतमा हुने विश्वकपमा उनको उपस्थितिमा शंका उब्जिएको छ ।

प्रतिक्रिया