युरोपले आफूलाई अमेरिकाको पुच्छर बन्नबाट रोक्नुपर्ने फ्रान्सका राष्ट्रपतिको धारणा

काठमाडौं । फ्रान्सका राष्ट्रपति इमानुएल म्याक्रोनले युरोपले अमेरिकामाथिको आफ्नो निर्भरता घटाउनुपर्ने धारणा सार्वजनिक गरेका छन् ।
साथै उनले ताइवानको मुद्दामा युरोपेली देशहरु चीन र अमेरिकाको बीचमा आउन नहुने बताएका छन् । चीन भ्रमणमा रहेका राष्ट्रपति म्याक्रोनले आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
म्याक्रोनले आफ्नो अन्तर्वार्तामा भने, ‘यो बिडम्वना हो कि युरोपले अमेरिकाको अनुयायी हो भन्ने विश्वास गर्छ। युरोपका जनताले यो प्रश्नको जवाफ खोज्नुपर्छ, के ताइवानमा तनाव बढाउनु उनीहरुको हितमा छ वा छैन। सबैभन्दा नराम्रो कुरा यो हो कि हामी युरोपेलीहरूले यस विषयमा अमेरिकाजस्तै सोच्न थाल्यौं र अमेरिकी एजेन्डा र चीनको प्रतिक्रिया देखेर कदम चादिरहेका छौँ। त्यसैले ताइवान मुद्दामा हामीले स्पष्ट रुपमा आफ्नै धाराणा तय गर्नुपर्छ।’
युरोपेली देशहरूसँगको वार्तामा चीनले बारम्बार म्याक्रोको यो सिद्धान्तलाई उद्धृत गर्दै आएको छ। चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरू र यसका विदेश नीतिका सिद्धान्तकारहरूले पश्चिमी देशहरूको शक्ति घट्दै गएको र ट्रान्सएट्लान्टिक सम्बन्धहरू कमजोर हुँदै जाँदा युरोपेली स्वायत्तताको अवधारणा बलियो हुने विश्वास गर्छन्।
म्याक्रोनले अन्तर्वार्ताको क्रममा युरोपका लागि आफ्नो मनपर्ने सिद्धान्त रणनीतिक स्वायत्तता भएको र उनले फ्रान्सको नेतृत्वमा युरोप ‘तेस्रो महाशक्ति’को रूपमा उभिएको हेर्न चाहेको बताए ।
प्रतिक्रिया