अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ०३ पैसा, बिक्रीदर ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राको विनिमयदर तोकेको छ । नेपाल राष्ट्र बैंककाअनुसार विदेशी मुद्राको विनिमयदर अमेरिकी एक डलरको खरिददर १३१ रुपैयाँ ०३ पैसा र बिक्रीदर १३१ रुपैयाँ ६३ पैसा रहेको छ ।
त्यस्तै, युरो एकको खरिददर १४३ रुपैयाँ २२ पैसा र बिक्रीदर १४३ रुपैयाँ ८७ पैसा रहेको बैंकले जनाएको छ । त्यस्तै, बेलायती पाउन्ड एकको खरिददर १६२ रुपैयाँ ७० पैसा र बिक्रीदर १६३ रुपैयाँ ४४ पैसा रहेको छ भने, कतारी रियाल एकको खरिददर ३५ रुपैयाँ ८९ पैसा र बिक्रीदर ३६ रुपैयाँ ०५ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
त्यसैगरी, जापानी येन १० को खरिददर ९ रुपैयाँ ८० पैसा रहेको छ भने बिक्रीदर ९ रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी साउदी रियाल एकको खरिददर ३४ रुपैयाँ रहेको ९३ पैसा रहेको छ भने, बिक्रीदर ३५ रुपैयाँ ०९ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
हेर्नुहोस् आजको विदेशी मुद्राको विनिमयदर

प्रतिक्रिया