सोमबार, वैशाख १५, २०८२

मिथुन राशिका लागि वर्ष – २०८०

नेपालखोज २०७९ चैत ३० गते १४:००

मिथुन राशि हुनेहरूका लागि २०८० साल सुखदायी नै रहनेछ । बृहस्पति र राहुले शुभ फल दिनेछन । वर्ष भरीनै भौतिक सुख मिल्ने र वैदेशिक कार्य राम्रो हुने योग छ । यद्यपि कमाईले व्यवहार धान्न गारो पर्ला । केतुका कारणले सन्तान सुखमा बाधा , कार्यमा ढिलासुस्ती , चोटपटकको भय तथा विद्या र बुद्धिमा ह्रासको सम्भावना छ ।

व्यापार – व्यवसाय : यो वर्ष आर्थिक पक्ष राम्रै रहने देखिन्छ । पर्यटन, मनोरञ्जन एवं प्रविधि सम्बन्धि कारोबार फस्टाउनेछ । सेयर कारोबार भने त्यति राम्रो नभए पनि मेसिनरी, निर्माण तथा खाद्यान्नको व्यवसायहरु फलदायक रहनेछन् । पुरानो ऋण तिर्न सकिनेछ । आर्थिक दृष्टिले बैशाख, साउन, मंसिर र चैत महिना राम्रो छ ।

प्रेम जीवन : सबैसँगको सम्बन्ध सामान्य नै रहनेछ । पतिपत्नि वन प्रेमी – प्रेमिका बिच समझदारी बृद्धि भै सम्बन्ध अझ प्रगाढ होला । कसैकसैले प्रेम सम्बन्धलाई विवाहमा परिणत गर्न सक्छन् । वर्षको उत्तरार्ध‍ नयाँ प्रेम प्रसङ्गमा नपरेकै राम्रो हुनेछ । आफ्नो कार्य क्षेत्रका सहकर्मीहरुसँग मनमुटाव बढ्नसक्छ भने शत्रु पनि हावी हुनसक्छन् ।

शिक्षा : यो वर्ष पठनपाठनमा सफलता मिल्नेछ । विशेषगरि स्वास्थ्य, डिजाइन, साहित्य तथा मनोरञ्जन विषयका छात्र – छात्राहरूले उत्कृष्ट नतिजा दिनेछन् । रोकिएको अधुरो पढाइ समेत पुरा हुनेछ । बिदेशमा अध्ययनरत विद्यार्थीहरूले अलि बढी मेहनत र संघर्ष गर्नु पर्ला । शैक्षिक क्षेत्रका लागि जेठ, असोज तथा चैत्र महिना फलदायक देखिन्छन् ।

करियर : यो वर्ष वैदेशिक व्यापार – व्यवसाय घटेर आर्थिक क्षति हुनसक्छ । कतै लगानी गर्नु पूर्व विचार पुर्याउनु होला । कडा मेहनत गरे पद र प्रतिष्ठा पाइने तथा प्रतिस्पर्धीहरूलाई किनारा लगाउँदै नतिजा आफ्नो पक्षमा ल्याउन सकिनेछ । हार्डवेयर , जग्गाजमिन तथा दलाली पेशामा आवद्ध व्यक्तिहरूले बढी लाभ उठाउन सक्नेछन् ।

स्वास्थ्य : यो वर्ष वायुविकार तथा हड्डी एवं नशाको समस्या बढ्न सक्छ अत: आहार विहार तथा स्वास्थ्यप्रति सजग रहनु होला । छाला एवं प्रजनन समस्याबाट छुटकारा पाइनेछ ।

शुभ रङ्ग तथा अङ्क : हरियो, रातो, गुलाबी तथा सेतो मिथुन राशिको शुभ रङ्ग हो भने १, ३, ६ र ९ शुभ अङ्क हो ।

सुझाव : ग्रह पीडाबाट जोगिन नवग्रहको शान्तिपाठ गराउनु उपयुक्त हुन्छ । भगवान शिव तथा भैरवको नियमित दर्शन, पूजा, आरधना आदि पनि गर्नु होला । सत्मार्गमा हिड्ने र सत्य बोल्नेलाई भगवानको आशीर्वाद प्राप्त भै भाग्यमा वृद्धि हुनेछ ।

प्रतिक्रिया