रास्वपाका महामन्त्री ढकालका चालक नियन्त्रणमा
नेपालखोज
२०८० वैशाख ४ गते ११:१५

काठमाडौं । राष्ट्रीय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका सवारी चालक दिलबहादुर थापा घरको छतबाट खसेर घाइते भएको घटनामा प्रहरीले अर्का चालकलाई नियन्त्रणमा लिएर सोधपुछ थालेको छ ।
अर्का चालक कालुराम राजवंशीलाई जिप्रकामा बोलाएर सोधपुछ भइरहेको चितवनका एसपी रामेश्वर कार्कीले बताए ।
लामिछानेका चालक सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ घर भएका ३९ वर्षीय दिलबहादुर थापा र कालुराम सँगै सुतेका थिए । सोमबार बिहान ४ बजे दिलबहादुर चितवनको भरतपुरस्थित उनीहरू सुतेको घरको छतबाट तल खसेर गम्भीर घाइते भएका छन् ।
कालुराम रास्वपाका महामन्त्री मुकुल ढकालका सवारी चालक हुन् ।
सम्बन्धित
प्रतिक्रिया