प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउने शीर्ष नेताको सहमति
नेपालखोज
२०८० वैशाख ४ गते १२:१९

काठमाडौं । प्रमुख दलका शीर्ष नेताहरुबीच प्रधानन्यायाधीश नियुक्त गर्न संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको छ ।
आज बिहान ओलीको निवासमा बसेको बैठकमा प्रधानन्यायाधीश नियुक्ति प्रक्रियाका लागि संवैधानिक परिषद्को बैठक बोलाउने सहमति भएको कांग्रेस नेता रमेश लेखकले जानकारी दिए ।
सर्वोच्च अदालत कायम मुकायम प्रधानन्यायाधीशको भरमा चलिरहेको भन्दै न्यायपालिका लामो समय यो स्थितिमा रहनु हुँदैन भनेर प्रधानमन्त्री प्रचण्डले छिटो प्रधानन्यायाधीश नियुक्ति प्रक्रिया अघि बढाउनुपर्ने प्रस्ताव राखेको उनले जानकारी दिए ।
संवैधानिक परिषदको बैठक बोलाएर नियुक्ति प्रक्रिया अघि बढाउन भनिएको लेखकले बताए । उनका अनुसार प्रधानमन्त्री प्रचण्डले उपयुक्त समयमा बैठक बोलाउने छन् ।
सम्बन्धित
प्रतिक्रिया