बुधबार, जेठ १, २०८२

रुसी धम्कीको जी सेभनद्वारा निन्दा

नेपालखोज २०८० वैशाख ५ गते १४:३३

जापान । उन्नत अर्थतन्त्र भएका युरोपेली सङ्घसहित सात राष्ट्रको अन्तरसरकारी अन्तरराष्ट्रिय राजनीतिक मञ्च जी सेभनले बेलारुसमा आणविक हतियार तैनाथ गर्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनको घोषणाको निन्दा गर्दै त्यसलाई अस्वीकार्य भनेको छ ।

क्यानडा, फ्रान्स, जर्मनी, इटाली, जापान, बेलायत र अमेरिकाका अतिरिक्त युरोपेली सङ्घ सदस्य रहेको उक्त मञ्चका विदेशमन्त्रीहरूको नागानोको कारुइजावामा भएको बैठकपछि रुसी राष्ट्रपतिको अभिव्यक्तिप्रति आपत्ति जनाएको हो ।

बैठकले रुसमाथि लगाइएका प्रतिबन्ध छल्न नदिन र तेस्रो पक्षबाट हुनसक्ने हतियार आपूर्ति रोक्न पारस्परिक समन्वयलाई सुदृढ तुल्याउन सहमति जनाउँदै आपसी एकतामा जोड दिएको छ । साथै बैठकले कोरियाली प्रायद्वीप र ताइवानको जलक्षेत्रमा शान्ति एवम् स्थायित्व कायम गर्न आवश्यक भएकामा जोड दिएको छ ।

यसअघि राष्ट्रपति पुटिनले बेलारुसमा आणविक हतियार भण्डारण गर्ने सुविधायुक्त स्थल आगामी जुलाई १ सम्ममा सम्पन्न हुने जनाउँदै बेलारुसका युद्धविमानलाई आणविक हतियार बोक्न सक्षम बनाउने गरी आधुनिकीकरण गर्न मद्दत गरिएको बताएका थिए ।

प्रतिक्रिया