डिप्रेसन भन्नाले के बुझ्ने ?

यो एक मानसिक समस्या हो जसमा व्यक्तिको मन निरास हुने, थकानको महसुस हुने, आत्माबिस्वासमा कमि हुने, नरमाइलो लाग्ने, दिक्क लाग्ने आदि समस्याहरु हुन्छन् ।
नरमाइलो लाग्दैमा डिप्रेसन भन्न मिल्ला त ?
मिल्दैन, तर यो नरमाईलोपन लामो समय सम्म भयो जस्तै कम्तिमा १४ दिन भन्दा बढी भयो र माथिका समस्याहरु पनि देखिएमा depression भनेर संका गर्न सकिन्छ ।
अरु लक्षण हरु के के हुन सक्दछन त ?
निद्रामा गडबडी, खानाको गडबडी, अरुसंग बोल्नु मन नलाग्ने, अल्छी लाग्ने, इच्छाशक्तिमा कमि, आफुलाई दोष दिने बानि, आत्महत्याको सोच आउने, आदि हुन सक्दछन् ।
depression के तनावले मात्र हुने हो ?
होइन, thyroid सम्बन्धि समस्या हुने ४०-६०% व्यक्तिलाई मानसिक समस्या हुन सक्दछा तेस्तै, टाउकोमा चोट लागेको, मिर्गिको समस्या भएका, CNS infection भएका र मुटुको दबाई खाने व्यक्तिहरुमा पनि बिना stress depression आउन सक्दछ ।
तेस्तै लामो समयदेखि hypertension, DM, भएका तर नियन्त्रण नभएका व्यक्तिमा पनि डिप्रेसन का समस्या देखिन सक्दछन् । अब यसको उपचारको बारेमा अलिकति भंदिनुस न ; डिप्रेसन को पहिलो अवस्था mild डिप्रेसन हो भने councelling बाट मात्र पनि उपचार गर्न सकिन्छ । तेसपछिका अवस्थाहरुमा moderate, severe डिप्रेसन मा दबाईको सेवन गर्नुपर्छ र severe अवस्थामा त भर्ना नै गर्नुपर्ने हुन्छ ।
दबाई कतिसमय खानुपर्छ र दबाई खाईसकेपछी छोड्न सकिन्छ त ?
सामान्यतया ६ देखि ९ महिना र कसै-कसैले १ वर्ष सम्म खानुपर्छ तेसपछी दबाई छोड्न सकिन्छा दबाईहरुको अलि अलि sideffect त छ तर तेस्तो डरलाग्दो sideffect त हुँदैन ।
भनेपछि डिप्रेसन को उपचार सम्भव छ ?
बिशेसज्ञ चिकित्सक psychitrist र psychologist को सहयोगले एस समस्याबाट निस्कन सकिन्छ ।
counselling मात्रबाट पनि डिप्रेसन निको हुन्छ हैन र ?
हुन सक्छ, तर सधै होइन । अध्ययनले के देखाएको छ भने mild डिप्रेसन या सुरुको अवस्थामा दबाई खानु र councelling गर्नु दुवै effective हुन्छ तर moderate, severe type of डिप्रेसन मा भने medicine को साथमा councelling गरेमा बढी उपयुक्त हुन्छ ।
यो atypical डिप्रेसन भनेको के हो नि ?
येस्मा डिप्रेसन हुने symptoms को उल्टो हुन्छ, जस्तै बढी निन्द्रा लाग्ने, बढी भोक लाग्ने, बढी शारीरिक सम्बन्ध राख्नु मन लाग्ने, बिहानमा भन्दा साँझमा मन निरास हुने हुन्छ ।
यो dysthymia र डिप्रेसन उस्तै हो त ?
होइन, dysthymia भन्नाले २ वर्ष या त्यो भन्दा बढी मन निरास हुने साथमा १. खान नखाने या धेरै खाने, नसुत्ने या धेरै सुत्ने, थकानको महसुस हुने, आत्माबिस्वास कम्जोर हुने, ध्यान दिन नसक्ने र निरास हुने हुन्छा डिप्रेसन पनि अरु मानसिक समस्या जस्तै हो र एसको उपचार सहि समयमा गरे सजिलैसित हुन सक्दछ तेसैले यसलाई कमजोरीको रुपमा नलिइ उपचार गरौ र मानसिकरुपमा स्वस्थ बनौ ।








प्रतिक्रिया