मंगलबार, जेठ २८, २०८२

मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन आयाेगले गर्‍याे अनुरोध

नेपालखोज २०८० वैशाख ६ गते १८:२०

काठमाडौं । निर्वाचन आयोगले उपनिर्वाचनको मतदान हुने क्षेत्रका विद्यालयमा तीन दिन सार्वजनिक बिदा दिन सरकारसँग अनुरोध गर्ने निर्णय गरेको छ ।  उच्चस्तरीय निर्वाचन सुरक्षा समितिको बैठकले उक्त निर्णय गरेको हाे ।

‘मिति २०८०/०१/०८ देखि मिति २०८०/०१/१० सम्म तीन दिनका लागि उपनिर्वाचन हुने क्षेत्रका मतदानस्थल तथा मतदान केन्द्र रहेका विद्यालयहरूको उपयोग गर्नुपर्ने भएकोले उक्त तीन दिनका लागि विद्यालयमा सार्वजनिक बिदाको व्यवस्था मिलाउन मुख्यसचिवमार्फत नेपाल सरकारलाई अनुरोध गर्ने,’ निर्णयमा भनिएको छ ।

त्यस्तै, आयाेगले उपनिर्वाचन हुने जिल्लाहरुमा उपयुक्त सुरक्षा व्यवस्था अवलम्बन गरी सार्वजनिक यातायातको सञ्चालन तथा व्यवस्थापन गर्न गृह मन्त्रालयमा लेखि पठाउने निर्णय पनि गरेकाे छ ।

प्रतिक्रिया