सरकारको कामबाट जनताको चित्त बुझेको छैन : गृहमन्त्री श्रेष्ठ

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले परिवर्तनपछि बनेका सरकारको कामबाट जनताले चित्त बुझाउन नसकेको बताएका छन् ।
प्रेस सेन्टर नेपाल उपत्यका प्रदेश कमिटीले काठमाडौँमा गरेको कार्यक्रममा गृहमन्त्री श्रेष्ठले राज्य आफ्नो कार्यभारप्रति गम्भिर हुनु पर्ने बताएका छन् । कमिटीको वार्षिक साधरण सभामा गृहमन्त्री श्रेष्ठले भने,‘आफ्नो कार्यभारप्रति सबै गम्भिर हुनुपर्छ ।
देशले प्राप्त गरेको हरेक उपब्धिमाथि एकपछि अर्को प्रहार भईरहेको र त्यसका लागि हरेक पाईलामा सचेत हुन आवश्यक रहेको गृहमन्त्री श्रेष्ठको भनाई छ । परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता दिनु पने उनको भनाई छ ।
देशले अनेक समस्या भोग्नुपरेको छ। संघर्षबाट प्राप्त परिवर्तन र उपलब्धिमा प्रतिगामीको आक्रमण भईरहेको छ। परिवर्तनपछि काम त भए तर, गुणात्मक हुन सकेनन्। त्यसबाट जनताले चित्त बुझाउन सकेका छैनन्।’
उनले भने,‘जनताको अपेक्षा र हाम्रो प्रतिवद्धता पुरा गर्न र परिवर्तनको औचित्य पुष्टि गर्न समृद्धिको यात्रालाई तिव्रता प्रदान गर्नुपर्छ । ’उनले अर्थतन्त्रमा समस्या देखा परे पनि त्यसलाई सुधार्न सकिने बताए ।
प्रतिक्रिया