नयाँ स्टक एक्सचेन्जको लागि थप तीन वटा कम्पनीको आवेदन

काठमाडौं । नयाँ स्टक एक्सचेन्जको लागि थप तीन वटा कम्पनीहरुले आवेदन दिएका छन् । नेपाल धितोपत्र बोर्डका अनुसार हिमालयन स्टक एक्सचेन्ज, नेशनल स्टक एक्सचेन्ज र अन्नपूर्ण स्टक एक्सचेन्जले धितोपत्र बोर्डमा नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि आवेदन दिएका हुन ।
नयाँ स्टकको लागि बोर्डले २०७९ चैत ३१ गते देखि १० दिनको समय तोकेर आवेदन माग गरेको थियो । सो अनुसार अन्तिम दिन आईतबार नयाँ स्टक एक्सचेन्ज सञ्चालनको लागि अनुमती माग गर्दै अन्नपुर्ण स्टक एक्सचेन्ज नामक कम्पनीले आवेदन दिएको हो ।
बोर्डका अनुसार हिमालयन स्टक एक्सचेन्जमा शंकरलाल अग्रवाल, शेखर गोल्छा, पशुपति मुरारका, भवानी राणा सहितका व्यवसायीहरुको लगानी रहेको छ भने नेशनल स्टक एक्सचेन्जमा मुख्य दीपक तिमिल्सिना, गैर आवासीय नेपाली संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतो आदिको लगानी रहेको छ ।
यसैगरी अन्नपूर्ण स्टकमा भने गणेश कुमार श्रेष्ठ, सुरेन्द्र राज वाग्ले, बलराम उप्रेती लगायतका व्यक्तिहरुको प्रमुख सेयर लगानी रहेको छ ।
बोर्डका अनुसार कमोडिटिज एक्सचेन्जतर्फ भने मल्टी डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, मल्टी एसेट्स एण्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड, हिमालयन कमोडिटिज एण्ड डेरिभेटिभ एक्सचेन्ज लिमिटेड र नेपाल मल्टी कमोडिडिटिज एक्सचेन्ज लिमिटेड सहितका चार वटा कम्पनीहरुले बजार सञ्चालनको लागि अनुमती माग गदेै आवेदन दिएका छन् ।
प्रतिक्रिया