पूर्वसोभियतको कुनै हैसियत नभएको चिनियाँ राजदूतको टिप्पणी : युक्रेन आक्रोशित

काठमाडौं । फ्रान्सका लागि चिनियाँ राजदूतले पूर्वसोभियत मुलुकहरूको अन्तर्राष्ट्रिय स्तरमा कुनै हैसियत छैन भन्ने किसिमको टिप्पणी गरेपछि युक्रेनले आलोचना गरेको छ । उनको टिप्पणीलाई लिएर फ्रान्स र बाल्टिक राज्यहरू इस्टोनिया, लाटभिया र लिथुआनियाले पनि निराशा व्यक्त गरेका छन् ।
चिनियाँ राजदूत लु शेलाई क्रिमिया युक्रेनको हिस्सा हो या होइन भन्नेमा उनको धारणाबारे सोधिएको थियो । शुक्रबार फ्रान्सेली टेलिभिजनमा प्रसारित एक अन्तरवार्तामा उनले ऐतिहासिक रूपमा प्रायद्वीप रुसको हिस्सा भएको र पूर्वसोभियत लिडर निकिता ख्रुश्चेभले युक्रेनलाई हस्तान्तरण गरेको भनेका छन् ।
यो टिप्पणीबारे आइतबार प्रतिक्रिया दिँदै युक्रेनी राष्ट्रपतिका सहयोगी मिखायलो पोडोल्याकले चिनियाँ राजदूतको बेतुकको टिप्पणी भन्दै सोभियत संघको पतनपछि बनेका देशहरूको स्थिति अन्तर्राष्ट्रिय कानुन निहित भएको बताएका छन् । अल्जजिरा
प्रतिक्रिया