सुडानबाट विदेशी नागरिक र दूतावासका कर्मचारी फिर्ता गर्ने अभियान जारी

खार्तूम । सुडानमा जारी द्वन्द्वका कारण सडक, हवाई र समुद्री मार्गबाट विदेशी नागरिक तथा दूतावासका कर्मचारीको उद्धारका लागि थुप्रै उद्धार अभियान सुरु भएको छ । राजधानी खार्तूमको मुख्य विमानस्थल भारी भिडन्तको स्थल भएको छ र सेनासँग लडिरहेको अर्धसैनिक र्यापिड सपोर्ट फोर्स (आरएसएफ) को नियन्त्रणमा गएको छ ।
खार्तूमबाट ८५० किलोमिटर (५३० माइल) को दूरीमा रहेको रेड सी रहेको पोर्ट सुडानबाट केही उद्धार कार्य भइरहेको छ । यहाँ विभिन्न देशहरूले फसेका नागरिकहरूलाई सुरक्षित स्थानमा पुर्याउने प्रयासमा साउदी अरबले सबैभन्दा पहिले युद्ध शुरू भएको एक हप्तापछि शनिबार पहिलो पटक सफल उद्धारको नेतृत्व गरेको थियो, जसमा नौसैनिक उद्धार टोलीले विदेशी कूटनीतिज्ञ र अधिकारीहरू सहित १५० भन्दा बढी व्यक्तिहरूलाई उद्धार गरेको थियो ।
कुवेत, कतार, संयुक्त अरब इमिरेट्स, इजिप्ट, ट्युनिसिया, पाकिस्तान, भारत, बुल्गेरिया, बङ्गलादेश, फिलिपिन्स, क्यानडा र बुर्किना फासोगरी १२ मुलुकका ९१ जना साउदी नागरिक र करिब ६६ जना नागरिकलाई रियादले ‘सुरक्षित’ रूपमा उद्धार गरेको जनाएको छ । आइतबार अमेरिकी सेनाले खार्तूमबाट अमेरिकी दूतावासका कर्मचारीलाई बाहिर निकाल्न तीनवटा चिनुक हेलिकप्टर पठाएको थियो ।

एक सयभन्दा बढी अमेरिकी सेनाले सोही सङ्ख्यामा एक घण्टाभन्दा कम समयमा मानिसहरूलाई सुडानबाट बाहिरिन सघाएका थिए । अमेरिकी अधिकारीहरुले आगामी दिनमा अमेरिकी नागरिकहरुको उद्दारका लागि व्यापक प्रयास हुने सम्भावना नरहेको बताएका छन् । क्यानडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले क्यानाडाले पनि आफ्नो दूतावासको टोलीलाई बाहिर निकालेको बताएका छन् ।
त्यसैगरी, बेलायती प्रधानमन्त्री ऋषि सुनकले बेलायती सेनाले ‘जटिल र द्रूत’ अपरेसनमार्फत् बेलायती दूतावासका कर्मचारी र उनीहरूका परिवारलाई बाहिर निकालेको बताएका छन् । सुडानमा अझै पनि फसेका बेलायती नागरिकले सामाजिक सञ्जालमा सहयोगको याचना गरिरहेका छन् ।
बेलायतका विदेशमन्त्री जेम्स क्लेभरलीले आइतबार भने, ‘हामीले तपाईं कति कठिन र डरलाग्दो परिस्थितिमा हुनुहुन्छ भन्ने बुझेका छौं त्यसैले हामी तपाईंलाई सहयोग गर्न काम गरिरहेका छौं ।’ नर्वेका राजदूतले नर्वेका अन्य कूटनीतिज्ञ लगायत उनीहरूका परिवारलाई पनि उद्धार गरिएको जानकारी दिएका छन्।
प्रतिक्रिया