बुधबार, जेठ १, २०८२

अन्तर्राष्ट्रिय डाटा सहकार्यका लागि राष्ट्रपति सीको आग्रह

नेपालखोज २०८० वैशाख ११ गते १८:४०

चीन । चीनले विश्व विकास पहलको रूपरेखाभित्र अन्य देशहरूसँग अन्तरराष्ट्रिय तथ्याङ्क सहयोगलाई अझ प्रगाढ बनाउन इच्छुक रहेको राष्ट्रपति सी चिनफिङले बताएका छन् । पूर्वी चीनको झेजियाङ प्रान्तको राजधानी हाङ्झाउमा अप्रिल २४ देखि २७ गतेसम्म आयोजना हुने चौथो संयुक्त राष्ट्रसंघको विश्व डाटा फोरमलाई बधाइ सन्देश दिदै उहाँले उक्त टिप्पणी गर्नुभएको हो ।

राष्ट्रपति सीले मानव समाजको समृद्धि र प्रगतिका लागि दिगो विकास अपरिहार्य भएको र बलियो, हरियाली र स्वस्थ विश्वव्यापी विकास हासिल गर्नु विश्वभरका मानिसहरूको साझा आकाङ्क्षा भएको बताएका छन् । चीनले दिगो विकासको सन् २०३० मुद्दालाई समर्थन र कार्यान्वयन गर्दै नवीन, समन्वयात्मक, हरित, खुला र साझा विकासको नयाँ दर्शनलाई पालना गर्ने उल्लेख गरेका छन् ।

उनले चीनले डिजिटल पूर्वाधारमा निरन्तर सुधार गर्दै, तथ्याङ्क र तथ्याङ्कीय क्षमता निर्माणलाई सुदृढ गर्दै दिगो विकास लक्ष्यहरूको अनुगमन गर्ने अभ्यास र अनुभवलाई सक्रिय रूपमा बाँडिरहेको बताए ।

चीनले ‘तथ्याङ्क सुशासन’ मार्फत सन् २०३० को दिगो विकास एजेन्डाको कार्यान्वयनलाई प्रवर्द्धन गर्नका लागि अन्य देशहरूसँग मिलेर काम गर्ने, डाटा क्षेत्रमा खुला अन्तरराष्ट्रिय सहयोग निर्माण गर्दै सबै देशको साझा विकास र प्रगतिलाई बढावा दिने उनको धारणा छ ।

प्रतिक्रिया