बुधबार, जेठ १, २०८२

चीनका प्रधानमन्त्रीद्वारा उच्च गुणस्तरीय विकासको प्रयासमा जोड

नेपालखोज २०८० वैशाख ११ गते २०:५८

चीन । चीनका प्रधानमन्त्री ली छ्याङले उच्च गुणस्तरीय विकासका लागि जोड दिए । राज्य परिषद्को अध्ययन सत्रको अध्यक्षता गर्दै उनले कम्युनिष्ट पार्टीको केन्द्रीय समितिका निर्णय र योजनाहरूलाई पूर्णरूपमा कार्यान्वयन गर्ने र उच्च गुणस्तरको विकासमा निरन्तर प्रगति गर्न उच्च गुणस्तरीय विकासलाई अगाडि बढाउने क्षमतामा सुधार ल्याउने प्रयास गरिनुपर्ने बताए ।

उक्त बैठकमा लीले नयाँ विकास दर्शनलाई पूर्णरूपले इमान्दारीपूर्वक सबै मोर्चामा लागू गर्ने र उच्च गुणस्तरीय विकासलाई प्रवर्द्धन गर्नेतर्फ ध्यान दिनु सी चिनफिङको आर्थिक विचारको महत्त्वपूर्ण भाग भएको बताए । उनले उच्च गुणस्तरको विकास चीनको आधुनिकीकरणको आन्तरिक आवश्यकता लगायतका विषयमा विशेष जोड दिएका छन् ।

नयाँ विकास दर्शनलाई आर्थिक र सामाजिक विकासका सबै चरणहरूमा लागू गर्न पहल गर्नुपर्ने पनि उनको धारणा छ । गुणस्तरलाई प्राथमिकतामा राखेर कार्यकुशलतालाई प्राथमिकता दिनुपर्ने भन्दै उनले सुधार र खुलापनलाई दृढताका साथ विकासको ढाँचामा रुपान्तरण गर्ने र जनताको जीवनस्तरलाई विभिन्न प्रयास गर्नुपर्नेमा जोड दिएका छन् ।

प्रतिक्रिया