दुबईका शासक शेख मोहम्मदले आफ्ना दुई छोरालाई बनाए उप-शासक
नेपालखोज
२०८० वैशाख १६ गते १०:५०

काठमाडाैं । दुबईका शासक शेख मोहम्मद बिन रसिद अल मकतूमले आफ्ना दुई छोरालाई इमिरेट्सको डेपुटी गभर्नरमा नियुक्त गरेको घोषणा गरेका छन् ।
दुबई मिडिया अफिसले गरेको ट्विट अनुसार मकतूम बिन मोहम्मदलाई दुबईको पहिलो उपशासक बनाइएको छ भने अहमद बिन मोहम्मदलाई दोस्रो उपशासक बनाइएको छ ।
मकतूम बिन मोहम्मदले संयुक्त अरब इमिरेट्सको उपप्रधानमन्त्रीसँगै अर्थमन्त्रीको जिम्मेवारी पनि सम्हालिरहेका छन् भने उनका भाइ अहमद बिन मोहम्मद दुबई मिडिया काउन्सिलका अध्यक्ष छन्।
सम्बन्धित
प्रतिक्रिया