बिहीबार, जेठ २, २०८२

रुसी आक्रमणमा छब्बीस जना युक्रेनी मारिए

नेपालखोज २०८० वैशाख १६ गते ११:३५

युक्रेन । रुसी आक्रमणमा परी पाँच जना बालबालिकासहित २६ जनाको मारिएका छन् ।

युक्रेनमाथि करिब दुई दर्जन क्षेप्यास्त्र प्रहार गरेर रुसले ती गैरसैनिक मारेको युक्रेनी अधिकारीहरूले बताएका छन् । मध्य युक्रेनको ऐतिहासिक सहर उमानको आवासीय क्षेत्रमा रुसले हवाई हमला गरेको हो ।

भत्केका भवनका भग्नावशेषबाट मृतकका शव निकालिएका हृदयविदारक दृश्य एएफपीका पत्रकारले देखेका थिए । यो वर्ष शिशिर यामको प्रारम्भमा ऊर्जा र इन्धन प्रवाह गर्ने युक्रेनी पूर्वाधारमा आक्रमण गरेर रुसले जनजीवन कष्टकर पारेको थियो ।

प्रतिक्रिया