उत्तरी चीनमा सडक दुर्घटना, ६ जनाको मृत्यु, १२ घाइते
नेपालखोज
२०८० वैशाख १६ गते १२:४८

लान्झोउ । उत्तरपश्चिम चीनको गान्सु प्रान्तको जिउक्वान शहरमा शनिबार भएको सडक दुर्घटनामा छ जनाको मृत्यु हुनाका साथै अन्य १२ जना घाइते भएका छन् ।
स्थानीय अधिकारीहरूले जानकारी दिएअनुसार शहरको जिन्ता काउन्टीमा आज बिहान एउटा सेमी ट्रेलर ट्र्याक्टर र मिनिभ्यान एकापसमा ठोक्किँदा दुर्घटना भएको हो ।
घाइते सबै जना मिनिभ्यानमा सवार रहेको थिए । घाइतेहरूलाई अस्पताल पुर्याइएको छ । दुर्घटनाको कारण बारे अनुसन्धान भइरहेको छ ।
सम्बन्धित
प्रतिक्रिया