मंगलबार, वैशाख १८, २०८१

कोरोना कहर : भारतमा एकै दिन आठ हजार संक्रमित, हालसम्म करिब ५ हजारको मृत्यु

नेपालखोज २०७७ जेठ १७ गते ९:५४

एजेन्सी। छिमेकी देश भारतमा कोरोना संक्रमणले ‘भयावह’ रुप लिन थालेको छ । भारत विश्वमा कोरोना संक्रमणको उच्च गति भएको देशको नवौं सूचीमा परेको छ । हिजो भारतमा कोरोना संक्रमण र मृत्युको नयाँ रेकर्ड बनेको छ ।

हिजो भारतमा एकै दिन आठ हजारभन्दा धेरै जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वर्ल्डओमिटरका अनुसार भारतमा एकै दिन ८ हजार १०५ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

सङ्क्रमितको संख्या लगातार बढ्दै गर्दा भारत सबैभन्दा धेरै सङ्क्रमित हुने देशको नवौंं स्थानमा उक्लिएको हो । भारतमा अहिलेसम्म एक लाख ७३ हजार भन्दा धेरैमा सङ्क्रमण पुष्टि भएको छ । यस्तै, ८२ हजार ६२७ जना उपचार पछि निको भएका छन् ।

त्यहाँ अहिलेसम्म झण्डै ४ हजार ९ सय ८० जनाको ज्यान गएको छ । यो संख्या चीनको भन्दा धेरै हो । चीनमा अहिलेसम्म ४ हजार ६३४ जनाको ज्यान गएको छ ।

प्रतिक्रिया