अफगानिस्तानमा महिलाहरुको प्रदर्शन

अफगानिस्तान । अफगानिस्तानको राजधानी काबुलमा केही महिलाले एक बिरोध प्रदर्शन गर्दै तालिबान सरकारलाई मान्यता नदिन अन्तर्राष्ट्रिय समुदाय समक्ष आग्रह गरेका छन् । उक्त प्रदर्शनमा करिब २५ जना महिलाको सहभागिता थियो । अफगानिस्तानमा यस्ता बिरोध प्रदर्शनहरु प्रतिबन्धित छ ।
सन् २०२१ मा तालिबानले सत्ता कब्जा गरेपछि अफगानिस्तानमा महिलाहरुको अवस्था निकै नाजुक भएको छ । उनीहरूलाई उच्च शिक्षा लिनका साथै अरु धेरै कामबाट वञ्चित गरिएको छ । आगामी साता दोहामा संयुक्त राष्ट्रसंघको बैठक बस्दैछ जसमा अफगानिस्तानलाई मान्यता दिने विषयमा वार्ता हुन सक्ने बताइएको छ । हालसम्म कुनै पनि देशले तालिबान सरकारलाई मान्यता दिएका छैनन ।
बीबीसी पश्तोको समाचार अनुसार संयुक्त राष्ट्र संघले तालिवान सरकारका कुनै पनि प्रतिनिधिलाई यो बैठकमा निम्तो दिएको छैन । यसबिषयमा तालिबानले भनेको छ – यस्ता बैठकमा सहभागी हुन बाट बन्चित राखेर कुनै पनि समस्या समाधान हुँदैन । यो बैठक वैशाख १–२ मा बस्नेछ ।
यता संयुक्त राष्ट्र संघका प्रवक्ता स्टेफेन डुजारिकले भनेका छन , ‘संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्रेसले तालिबानका प्रतिनिधिहरूलाई दोहा बैठकमा निमन्त्रणा गरेका छैनन् ।’
प्रतिक्रिया