बुधबार, जेठ १, २०८२

भारतको सिमानाबाट लागुऔषधको खुलेआम ओसारपसार

नेपालखोज २०८० वैशाख १७ गते १२:२६

नयाँदिल्ली । यो नशाको एक्सप्रेसवे हो। यहाँ खुला सिमानाबाट लागुऔषध ओसारपसार हुने क्रम जारी छ । पछिल्लो ६–७ वर्षमा नेपालको सीमानाबाट लागुऔषध ओसारपसारका घटना बढ्दै गएका छन् । यो अबैध व्यापार जारी छ । सबैभन्दा ठूलो चुनौती मित्र राष्ट्र भारत सँगको खुला सीमाना हो ।

मुख्यतया ब्राउन सुगर, गांँजा, इन्जेक्सन, कोरेक्स र अन्य कोडिन कफ सिरप, ट्याब्लेट आदि यही मार्गबाट ​​आपूर्ति हुने गरेको छ । महिला कुरियरहरू पनि यो व्यवसायमा संलग्न छन्। यो लागुऔषधको रुट अफगानिस्तान, पाकिस्तान, नेपाल हुँदै भारतसम्म जोडिएको छ । पश्चिम बङ्गालको सिलगढी, इस्लामपुर र पञ्जीपाडा लागूऔषधको ठूलो केन्द्र बनेका छन् । जहाँबाट नेपालमा लागुऔषध तस्करी हुने गरेको छ । भारतको बथनाहाका कमाण्डेन्ट सुरेन्द्र विक्रम भन्छन्, ‘तस्करीका घटना बढेको सत्य हो ।

भारतको टिकुलिया बस्तीकी एक महिलाले लागुऔषध तस्करिको यो र्याकेट चलाउँन्छिन् । सोही बस्तीका केही अन्य मानिसले पनि यो व्यवसाय निर्वाध रुपमा चलाइरहेका छन् । यसमा छिमेकी नेपालको इलाकाका नेपाली युवा पनि सम्लग्न भएको भारतिय अनलाइनहरुले उल्लेख गरेका छन । यहाँ एक जना नेपालीले दैनिक एकदेखि डेढ लाखसम्मको ब्राउन सुगर बिक्री गर्ने विज्ञहरू बताउँछन् । यी तस्करहरूको प्रहरीमा राम्रो नेटवर्क छ ।

करिब आठ महिनाअघि यहाँको एक अखडामा भारतको एसएसबी र प्रहरीले संयुक्त छापा मारेको थियो । यद्यपि प्रहरीले अहिलेसम्म यसका नाइकेहरुलाई पक्राउ गर्न सकेको छैन । जोगवनिको रानी प्रहरी चौकीमा लागुऔषध कारोबारका दैनिक ५० वटा उजुरी पर्ने बताइएको छ । यहाँ सर्ट, ज्याकेट भित्र लुकाएर लागूऔषध नेपाल भित्राउने गरेको छ । टिकुलिया बस्तीमा नेपालबाट ठूलो संख्यामा युवा पुरुष लागूऔषधका लागि भारतीय सीमामा पुग्ने गरेका छन् ।

प्रतिक्रिया