आयोगले भन्याे- डाटा रिकभर हुने/नहुने यकिन छैन, पहिला भरेकाले मात्रै दरखास्त दिनू
नेपालखोज
२०८० वैशाख २० गते ७:३२

काठमाडौं । लोकसेवा आयोगले डाटा रिकभर हुने/नहुने यकिन नभएको भन्दै केही विज्ञापनमा पुनः दरखास्त आह्वान गरेको छ । पहिला नै दरखास्त दिइसकेकाहरूका लागि आयोगले पुनः आवेदन दिन आग्रह गरेको हाे । पूर्वप्रकाशित विज्ञापनमा दरखास्त दिई दस्तुर बुझाइसकेकाले मात्रै आवेदन दिनसक्नेछन् । दरखास्त विवरण अध्यावधिक गर्ने प्रयोजनका लागि मात्र आवेदन माग गरिएको आयोगले स्पष्ट पारेको छ ।
आयोगका प्रवक्ता तोयनारायण सुवेदीका अनुसार अघिल्लो वर्ष मङ्सिर, पुस र माघमा विभिन्न विज्ञापनमा दरखास्त दिएका आवेदकको विवरण आयोगसँग सुरक्षित रहेकाले त्यसैका आधारमा दस्तुर तिरिसकेका उम्मेदवारलाई मात्र उचित समय प्रदान र थप दस्तुर तिर्न नपर्ने गरी पुनःदरखास्त आह्वान गरिएकाे हाे ।

सम्बन्धित
प्रतिक्रिया