बिहीबार, असार ५, २०८२

नेपालमा प्रेस स्वतन्त्रताको अवस्था खस्कदो, पर्यो ‘समस्याग्रस्त’को सूचीमा

नेपालखोज २०८० वैशाख २० गते १४:५१

काठमाडौं । नेपाल प्रेस स्वतन्त्रताको विश्व सुचांकमा ‘समस्याग्रस्त’को सूचीमा परेको छ ।

रिपोर्टर्स विदाउट बोर्डर्स ९आरएफएस०ले सार्वजनिक गरेको विश्व प्रेस स्वतन्त्रता सूचकांकको २१औं संस्करणमा १८० देशको पत्रकारिताको वातावरण मुल्यांकन गरेर तयार पारिएको रिर्पोटमा नेपालसहित ‘समस्या’ग्रतको सूचीमा ५५ देश समाबेश छन् ।

‘राम्रो’ वा ‘सन्तोषजनक’को सूचीमा ५२ देश समाबेश छन् भने ४२ देश ‘कठिन’ र ३१ देश ‘धेरै गम्भिर’को सूचीमा समाबेश छ । नर्बे, आयरल्याण्ड, डेनमार्क, स्विडेन लगायतका ८ देशमा प्रेस स्वतन्त्रता निकै राम्रो रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

अंकभारको आधारमा १८० देशमध्ये नेपाल ९५ औँ स्थानमा रहेको छ । सन् २०२२ मा ६२।६७ अंक पाएर ७६ औँ स्थानमा रहेको नेपाल यो पटक ५७।८९ अंकसहित ओरालो यात्रामा पुगेको छ ।

सन् २०२३ मा छिमेकी मूलक भारत १६१ औँ स्थानमा रहेको छ । प्राप्त अंकले भारतमा प्रेस स्वतन्त्रताको अवस्था ‘धेरै गम्भिर’मा देखिएको छ । अर्का छिमेकी देश चिन १७९ औँ स्थानमा छ भने पाकिस्थान १५० औँ स्थानमा रहेको छ ।

आरएफएसले राजनीतिक, सामाजिक र प्राविधिक उथलपुथलसँग जोडिएका प्रमुख र प्रायः आमूल परिवर्तनहरूसँग जोडेर प्राप्त अंकको आधारमा अवस्थाबारे निक्यौल गर्दै आएको छ ।

प्रतिक्रिया