बिहीबार, असार १२, २०८२

भोलीबाट मौसममा सुधार आउने

नेपालखोज २०७७ जेठ १८ गते १५:०६

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेकाले बदलीसँगै आज देशका अधिकांश स्थानमा वर्षा भइरहेको छ ।

महाशाखाका मौसमविद् मीनकुमार आर्यालले ती मौसमी प्रणालीको प्रभाव भोलिबाट क्रमशः हट्दै जाने जानकारी दिए।

हाल देशभर सामान्य बदली रही देशका केही स्थानमा हल्का वर्षा भइरहेको छ। धेरैसजो स्थानमा मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

प्रतिक्रिया