महिनाबारी गडबड छ ? यसरी गर्नुहोस् प्राकृतिक उपचार !

जीवनको कुनै न कुनै कालखण्डमा हरेक महिलाले महिनाबारीसँग जोडीएको समस्याहरुको सामना गरेकै हुनपर्छ । पछिल्लो समयमा आएर यो समस्याले आम समस्याको रुप धारण गर्दा जादाँ जनस्वास्थ्यलाई ठूलो प्रभाव पारेको छ । महिनाबारी हुनु पर्ने समयभन्दा अघिनै भइदिने वा समयभन्दा पछाडी हुने, महिनाबारी सुरु हुन् पुर्व नै पेटदुख्ने, बेचैनी बढ्ने, मूड गडवड हुने, तनाव चिन्ता भय, उदाशिनताको लक्षणहरु देखिने, कम्मर दुख्ने, महिनाबारी मा धेरै रगत बग्ने वा कम बग्ने, महिना वारि कष्टप्रद हुने जस्ता समस्या आम समस्या हुन् । जीवनकालमा यदाकदा यस्ता समस्या आए खासै आतिनु पर्दैन तर यी समस्याहरु लामा समय सम्म रहिरहे अनेकौ स्वास्थ्य सम्बन्धी समस्याहरु निम्तिन सक्दछ । महिनाबारी सम्बन्धि समस्यालाई हामीले कहिलेपनि नजरअन्दाज गर्नु हुँदैन र यस समस्याको उपचार गर्दा सकभर प्राकृतिक उपचार विधिलाई अपनाउनु पर्छ ।
-ज्वानोको प्रयोग : महिनाबारी सम्बन्धित समस्याभएकाहरुले एक चम्चा ज्वानोलाई ३ घण्टासम्म १ गीलास पानीमा भीजाएर साझ, विहान दिनको २ चोटी पानी पिउनुपर्छ । ज्वानोमा विद्यमान एण्टीअक्सिडेण्ट द्रब्यहरुले पाठेघर र कटी क्षेत्रको रक्त सञ्चार बढाइदिने हुँदा महिना बारी सुचारुहुन मद्दत गर्छ ।
-मेवाको प्रयोग : महिनाबारी गडवड भएकाहरुले काचो मेवाको जुस खानु सबैभन्दा उत्तम हो । मेवाको चोपमा र दुधमा विद्यमान प्यापीन नामक तत्वले एस्ट्रोजन हाम्रोनको स्तर बढाई दिन्छ र महिनाबारी ठिकगर्न मद्दत गर्छ । पाकेको मेवाको फल एवं रसको दैनीक सेवन गरे यो रोगमा राम्रो गर्छ । तर महिना बारी भएको वेला यो विधि अपनाउनु हुँदैन । यसै गरी गर्भवस्थाको कारणले महिनावारी नभएको भए गर्भवती भए नभएको निक्र्यौल गरेर मात्र यो विधि अपनाउनुहोला किनकि गर्भवस्थामा मेवाको सेवन ले गर्भपात हुन सक्छ ।
-अदुवाको प्रयोग : १ चम्चा अदुवाको रसलाई १ चम्चा महसँग मिलाएर पानीमा घोली विहान बेलुका पिउनाले महिनाबारी को गडवडीमा ठूलो राहत पुञ्याउदछ । अदुवामा विद्यमान तत्वहरुले पाठेघरको मांशपेशीको अनियन्त्रीत ऐठन एवं रक्त श्रावलाई नियन्त्रण गर्छ । अदुवा उण्ण–धर्मी भएकाले दुखाई कम गर्न र योनी प्रदर कम गर्न मद्दत गर्छ । अदुवाको पानीलाई उमालेर पिउदा पनि दुखाइ कम हुन्छ ।
-फर्सीको बिउ : फर्सीको विऊलाई हल्का भूटेर आधा आधा चम्मच विहान बेलुका खाने गर्दा अनियमित एवं कष्टकर महिना बारी मा ठूलो राहत पु¥याउँछ । फर्सीको बीऊमा प्रसस्त मात्रामा जीङ्ग धातु छ । यस धातुले शरीरमा टेष्टेष्टोरोेन हार्मोनको स्तर बढाउन मद्दत गर्छ र महिनाबारीलाई नियमीत गराउँछ ।
-कालो तिल : कालोतीलमा लिगनिन नामक तत्व विद्यमान छ । यो तत्वले हर्मोन र पाठेघरको तत्वको सम्पर्कलाई मजवुत बनाउदछ । यसका अलावा तीलले पाठेघर र कटी प्रदेशको रक्त सञ्चारलाई पनि सुचारु राख्छ ।

डा. हेमराज कोइराला
डा. काेइराला भरतपुर १, बागिश्वरीस्थित योगी नरहरिनाथ योग तथा प्राकृतिक चिकित्सालयका मेडिकल डाइरेक्टर हुन् ।
प्रतिक्रिया