आठ खराब बानी, जसले छिट्टै बुढो बनाउँछ

बहुकार्य
एकसाथ धेरै काम गर्दा वा दिनहुँ घण्टौ काम गर्दा बढ्दो तनावले शरीरमा नकारात्मक असर पर्छ । क्यालिफोर्नियास्थित सेन्ट जोसेफ हस्पिटलका मेडिकल स्टाफ प्रमुख रेमन्ड कासियारीका अनुसार, ‘मानिसहरूले मल्टीटास्किङ राम्रो कुरा हो भन्ने सोच्छन्, तर यसले बढि तनाव निम्त्याउँछ ।’ अनुसन्धानहरु अनुसार तनावका कारण बुढ्यौली चाँडै आउँछ ।
धुम्रपान
धुम्रपानले छालामा केही दिनमै नराम्रो असर देखाउँछ । धुम्रपानले छाला सुख्खा बनाउनुका साथै अनुहारमा चाउरी पर्न थाल्छ । धुम्रपानले शरीरमा भिटामिन सीको स्तर पनि घटाउँछ, जबकि भिटामिन सीको काम छालाको नरमपन कायम राख्नु हो । निकोटिनले चाउरी निम्त्याउँछ ।
निद्राको कमी
निद्राको कमीले आँखा वरिपरि कालो घेरा देखिने मात्र होइन यसले आयु पनि छोटो बनाउँछ । हरेक दिन ७ घण्टा सुत्नुपर्छ । कम निद्राका कारण दिमागलाई थकान महसुस हुन्छ र तौल पनि बढ्छ ।
लामो समयसम्म बस्नु
लामो समयसम्म एकै ठाउँमा बस्ने मानिसलाई मिर्गौला र मुटुको रोग लाग्न सक्छ । उनीहरुलाई क्यान्सर र मोटोपनको जोखिम पनि हुन्छ । ब्रिटिस जर्नल अफ स्पोर्ट्स मेडिसिनका अनुसार नियमित व्यायाम गरेर यसबाट जोगिन सकिन्छ र आफ्नो आयु बढाउन सकिन्छ । हप्तामा करिब १ सय ५० मिनेट व्यायाम गर्ने मानिसहरु व्यायाम नगर्नेहरुको तुलनामा औसत १० देखि १३ वर्ष बढि बाँच्छन् ।
चर्को संगीत
समय अगावै बुढ्यौलीले कानलाई पनि असर गर्छ । धेरै चर्को स्वरमा संगीत सुन्ने मानिसहरुको सुन्न सक्ने क्षमता बिस्तारै कम हुन थाल्छ । विशेष गरी हेडफोनमा चर्को स्वरमा गित आदि सुन्नु निकै हानिकारक हुन्छ ।
अत्यधिक मेकअप
डा. स्टुअर्टका अनुसार मेकअपका कारण उमेर बढेको छिट्टै पत्ता लाग्दैन । यद्यपि केही वर्षमै यसको प्रभाव देखिन थाल्छ । स्वन्दर्य उत्पादनहरूमा अधिक सुगन्ध र रसायनहरू मिसाइएको हुन्छ । यसमा अल्कोहल समेत हुन्छ, जसले छालालाई सुख्खा बनाउँछ । यसले गर्दा छालाको बोसो घट्दै गएर छाला चिलाउने समस्या पनि हुन्छ ।
गुलिया खानेकुरा
अत्यधिक चिनीले तौल मात्र बढाउँदैन, उमेर पनि घटाउँछ । सान डिएगोका छाला विशेषज्ञ सुमन स्टुअर्ट भन्छन् ‘चिनीका अणुहरू छालाका कोषहरूसँग मिलेर यसलाई कडा र अनियमित बनाउँछन् ।’ यसले छाला निर्जीव देखिन्छ । गुलियोका कारण आँखा मुनि कालो घेरा र चाउरी पनि देखा पर्छन् ।
फ्याटी चिजहरुबाट मुक्ति
ओमेगा थ्री फ्याटी एसिड जुन माछा र ड्राइ फ्रुटहरूमा पाइन्छ । यसले छालालाई नमी दिन्छ र चाउरि (चाया आदिबाट मुक्त राख्छ । यसबाट मुटु र दिमाग पनि स्वस्थ रहन्छ । एकेडेमी अफ न्यूट्रिशन एण्ड डाइटेटिक्सका अनुसार हप्तामा दुई पटक माछा खानु निकै फाइदाजनक हुन्छ ।
प्रतिक्रिया