बिहीबार, जेठ २, २०८२

बेलायतका राजा चार्ल्स तृतीयको राज्याभिषेक आज

नेपालखोज २०८० वैशाख २३ गते १०:३१

काठमाडौं । बेलायतमा आज राजा चार्ल्स तृतीयको राज्याभिषेक हुँदै छ । पछिल्लो ७० वर्षमा बेलायतमा यो पहिलो राज्याभिषेक हुनेछ । कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको छ ।

राजा चार्ल्स तथा रानी कन्सोर्ट वेस्टमिन्स्टर एबेमा आफ्नो शाही भ्रमणका लागि तयारी गरिरहेका छन् । वर्षाको सम्भावना भए पनि शाही यात्राको बाटोमा ठुलो सङ्ख्यामा मानिसहरू भेला हुन थालेका छन्, जसलाई मध्यनजर गर्दै मध्य लन्डनमा कडा सुरक्षा व्यवस्था गरिने भएको छ ।

उक्त समारोहमा करिब एक सय देशका सरकार प्रमुखहरू सहभागी हुनेछन् । यता राजतन्त्रको विरोध गर्नेहरूले यस अवधिमा विरोध गर्न अपिल गरेका छन् ।

राज्याभिषेक समारोह करिब दुई घण्टा चल्ने र त्यसमा २३ सय पाहुनाको उपस्थिति रहने बताइएको छ । यसमा ड्युक अफ ससेक्स प्रिन्स ह्यारी पनि सामेल छन् जो शुक्रवार अमेरिकाबाट यहाँ आइपुगेका छन्।

प्रतिक्रिया