बिहीबार, जेठ २, २०८२

दक्षिणी यमनमा सडक किनारमा भएको बम आक्रमणमा परि २ सैनिकको मृत्यु

नेपालखोज २०८० वैशाख २३ गते १७:०३

यमन । यमनको दक्षिणी प्रान्त अब्यानमा शुक्रबार सैनिक एम्बुलेन्सको छेउमा सडक किनारमा बम विस्फोट हुँदा दुई सैनिकको मृत्यु हुनाका साथै अन्य तीन जना घाइते भएको एक सुरक्षा अधिकारीले सिन्ह्वालाई जानकारी दिएका छन् ।

स्थानीय अधिकारीले नाम नभन्ने शर्तमा बताएअनुसार अल–कायदा लडाकुसँगको झडपमा घाइते भएका यमनी सरकारी सेनाका सिपाहीलाई बोकिरहेको एमबुलेन्समाथि बम विस्फोट गराएको थियो । विगत केही हप्तामा अब्यानमा सडक किनारमा भएका बम आक्रमणको यो पछिल्लो घटना हो ।

यमनका अधिकारीले यमनमा रहेको अल–कायदा इन अरेबियन पेनिन्सुला (एक्यूएपी) आक्रमणको पछाडि रहेको आरोप लगाएका छन् । यसलाईलाई अल–कायदाको सबैभन्दा खतरनाक शाखाको रूपमा लिइन्छ र यमनमा वर्षौंदेखि यो सक्रिय छ । यो समूहले यमनको गृहयुद्धको नाजायज फाइदा उठाएको छ ।

प्रतिक्रिया