ANXIETY DISORDER भन्नाले के बुझ्ने ?

ANXIETY DISORDER एक किसिमको नशा तथा मानसिक समस्या हो । जुन रोग एकदमै कमन छ र यो जुनसुकै उमेर, वर्गलाई हुन सक्दछ ।
यसका सामान्य लक्षणहरु के के हुन् त ?
ढुक ढुक हुने, डर लाग्ने, छटपटी हुने, सास रोकिएको जस्तो हुने, मरिन्छ कि जस्तो लाग्ने, छातीमा थिचेजस्तो महसुस हुने, मुख सुक्खा हुने, चक्कर लागेजस्तो हुने आदि हुने गर्दछ तर मुटुको समस्या या हर्टएटेक हुँदा पनि त यस्तै हुन्छ ।
त्यसैले यस्तो समस्या भएमा पहिले ecg, echo, CPK-MB, troponin गर्नुपर्ने हुन्छ र cardiologist लाई देखाउनुपर्ने हुन्छ तर मुटुमा केही पनि समस्या नदेखिने, मुटुको समस्या हुने भएमा कतै मलाई मानसिक समस्याले भेट्यो कि भनेर शङ्का गर्नुपर्दछ ।
छाती दुखेको समस्यामा किन मानसिक डाक्टरलाई भेट्ने, किन उसलाई डाक्टरलाई देखाउने ? यहाँनिर बुझ्नुपर्ने कुरा के छ भने, सबै मानसिक रोगी हुँदैनन् । तपाई, हामीजस्तै दैनिकी रूपमा काम गरिराखेका हुन्छन् तर अलि अलि मनसम्बन्धी समस्या देखिन थाल्छ । तिनै समस्या मध्ये anxiety disorder पनि एउटा हो ।
मानसिक समस्याले पनि शरीरमा लक्षणहरु देखिने रहेछ । डर लाग्ने, ढुक ढुक हुने, छाती दुख्ने, सास फेर्न गारो हुने देखि लिएर शरीर दुख्ने, टाउको दुख्ने, झम झम गर्ने, पोल्ने आदि पनि मानसिक समस्या अन्तर्गत पर्दछ । यसका प्रकारहरू पनि छन् । ती हुन्,
Panic disorder -phobia (social)
यो समस्यामा मुटु ढुक ढुक हुने, डर लाग्ने, सास राेकिएजस्तो हुने, मलाई मुटुकै समस्या हर्टएटेक नै भयो कि जस्तो लाग्ने हुन्छ ।कत्तिलाई छाती भारी हुने, मुटुमै दुख्ने, मरिन्छ कि जस्तो हुन्छ । केही छिनपछि मलाई ठिकै त छ नि, के भा छ र जस्तो गरेर आफैँ राम्रो हुन्छ । त्यसैले पहिले मुटुको चिकित्सकलाई देखाउदा मुटुमा समस्या नभएकाे पहिचान भएपछि मनोचिकित्सकलाई भेट्नु पर्दछ ।
Post-traumatic stress disorder
यसमा व्यक्तिलाई कुनै घटनाले सताई राख्ने हुन्छ । जस्तै: भूकम्प आइसकेपछि मानिसहरूलाई भूकम्प गएको महिना दिन बितिसक्दापनि भूकम्प आउँछ कि भनेर डर लाग्ने, शरीर हल्लेजस्तो, कापेजस्तो महसुस हुने, माथिल्लो तलामा जान डर लाग्ने हुन्छ । त्यस्तै फेरी भूकम्प आयो भने के गर्ने होला, भन्ने र त्यो भूकम्पको सोच, त्यतिखेरको घटना आँखा वरिपरि आउने हुन्छ । भूकम्प गएको १ वर्ष बितिसक्दा पनि यसले दुख दिन सक्छ है ? सक्छ, कत्तिलाई त भूकम्प गएको ५ वर्ष सम्म पनि यसले सताउन सक्दछ, भूकम्पलाई महसुस गर्ने व्यक्तिहरूको मानसिक अवस्था कमजोर भइराखेको हुन सक्दछ, जसले गर्दा त्यो समयमा केही नभए पनि पछि जीवनमा आउने सामान्य समस्याले पनि उनीहरू टुट्न सक्दछन् र मनोरोग आउन सक्दछ ।
Generalized anxiety disorder -obsessive-compulsive disorder Panic disorder
यसमा व्यक्ति छटपट छटपट गर्ने, एकै ठाउँमा बस्न नसक्ने, कता जाऊ के गरौँ जस्तो भइराख्ने हुन्छ । त्यस्तै, आत्तिने, जुनसुकै कम गर्दा पनि मन शान्त नहुने समस्या कमसेकम पनि ३ देखि ६ महिना सम्म भइराखेमा चिकित्सकलाई देखाउनु अनिवार्य हुन जान्छ ।
obsessive-compulsive disorder मा obsession भन्नाले कुनै पनि त्यस्तो विचार बारम्बार आउने, व्यक्तिलाई थाहा हुने कि यो विचार सही छैन भनेर तर पनि यसलाई रोक्न नसक्ने हुन्छ र जब जब उक्त व्यक्ति यो बिचारलाई रोक्न खोज्दछ, उसलाई छटपट हुने, आत्तिने, डर लाग्ने हुन्छ ।
compulsion भनेको चाही व्यक्तिले आफ्नो यो obsessive बिचार हट्नको लागि गर्ने क्रियाकलाप हो, जस्तै व्यक्तिलाई सबै कुरा फोहोर लाग्छ । आफैलाई सम्झाउन खोज्छ, सक्दैन र हात ८-१० चोटि धुन्छ या दिनमै ३-४ पटक नुहाउने गर्छ । त्यो obsessive-compulsive disorder हो ।
phobia भनेको कुनै पनि एक specific कुरासँग डराउनु जस्तै : कुकुरसित मात्र डर लाग्ने, उचाइसँग डर लाग्ने, बन्द कोठामा डराउने, भिडमा बिना कारण डर सुरु हुने, सास फेर्न गारो भएजस्तो हुने हाे । त्यस्तै समाजका छिमेकका व्यक्ति बसेर कुरा गरिराखेका छन् भने पनि डर लाग्ने, अँध्यारोमा डर लाग्ने, एक्लै हिँड्न डर लाग्ने आदि समस्या phobia अन्तर्गत पर्दछ l यो समस्यासँग panic disorder पनि जोडिएको हुन सक्दछ ।
नोट : हाम्रो घरमा, घर वरिपरि यस्ता समस्या भएका व्यक्तिहरू भेटिन सक्नुहुन्छ, कत्तिपल्ट हामीले समस्या राम्ररी नबुझीकन ‘मानसिकको दबाई त खानुहुन्न आफै बलियो बन्नुपर्छ’ भनिदिँदा बिरामी सहयोग लिन चिकित्सककोमा जान हिच्कीचाउछन् र समस्या झन् विकराल बन्न सक्दछ । त्यसैले समयमा नै अस्पताल पुर्याउन सके यो समस्यामा कत्तिपल्ट दबाई नै खानु नपर्ने हुन्छ ।
प्रतिक्रिया