भारतको मलाप्पुरममा डुंगा पल्टिँदा २१ जनाको मृत्यु

काठमाडाैं । भारतको केरलाको मलाप्पुरममा डुंगा डुब्दा मृत्यु हुनेको संख्या २१ पुगेको छ । आइतबार साँझ डुंगा पल्टिँदा २१ जनाको मृत्यु भएको हाे । डुंगामा कति यात्रु थिए भन्ने निश्चित नभइसकेको जनाइएको छ । २१ बाहेक अन्यको पनि मृत्यु भएको हुन सक्ने बताइएको छ ।
केरलाका पर्यटन मन्त्री पीए मोहम्मद रियासले पनि यस घटनाप्रति दुःख व्यक्त गरेका छन् । घटनाको जानकारी पाएपछि उनले यस दुर्घटनामा ज्यान गुमाउनेमा विशेषगरी बालबालिका रहेको बताए । प्राप्त जानकारी अनुसार विद्यालय बिदामा बसेका बालबालिकाहरु हाउसबोटमा सवार भइरहेको बेला उक्त घटना भएको हो । अझै पनि धेरै बालबालिका हराएको खबर आएको छ, जसको खोजीका लागि विशेष अभियान चलिरहेको छ ।
उनीहरु सोमबार घटनास्थलको भ्रमण गर्नेछन् । दुर्घटनाप्रति दुःख व्यक्त गर्दै प्रधानमन्त्री नरेन्द्र मोदीले क्षतिपूर्ति दिने घोषणा गरेका छन् । प्रधानमन्त्रीले ट्विट गर्दै भनेका छन्, ‘केरलाको मलाप्पुरममा डुङ्गा दुर्घटनामा परी ज्यान गुमाएका मानिसको मृत्युले म दुखित छु ।’ bbc
प्रतिक्रिया