बिहीबार, जेठ २, २०८२

भारतको मध्य प्रदेशमा पुलबाट बस खस्दा १५ जनाको मृत्यु, २५ घाइते

नेपालखोज २०८० वैशाख २६ गते १३:२९

खरगोन । मध्य प्रदेशको खरगोन जिल्लामा मङ्गलवार एक निजी यात्रुवाहक बस पुलबाट खस्दा कम्तीमा १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन् ।

सो घटना मङ्गलवार बिहान जिल्लाको ओन प्रहरी चौकी अन्तर्गत दसङ्गा क्षेत्र नजिकै डोङ्गरगाउँ पुलमा भएको हो। घटनाको जानकारी पाए लगत्तै प्रहरी प्रशासन र एम्बुलेन्स घटनास्थलमा पुगेर उद्धार कार्य सुरु गरेको थियो ।

खरगोनका प्रहरी उपरीक्षक (एसपी)धरमवीर सिंहले  भनेका छन्ख-रगोनको पुलबाट बस खसेर १५ जनाको मृत्यु भएको छ भने २५ जना घाइते भएका छन्। उद्धार कार्य जारी छ।

प्रदेश सरकारले दुर्घटनामा ज्यान गुमाउनेका परिवारलाई चार लाख, गम्भीर घाइतेलाई ५० हजार र सामान्य घाइतेलाई रु २५ हजार तत्काल उपलब्ध गराउने घोषणा गरेको छ ।

 घटना बारे अनुसन्धान जारी छ ।

प्रतिक्रिया