बिहीबार, असार १९, २०८२

स्याङ्जा सहयोग समाजको युरोप भेला पोर्चुगलमा सम्पन्न

नेपालखोज २०८० वैशाख २६ गते २१:२६

लिस्बन । स्याङ्जा सहयोग समाजको प्रथम युरोप क्षेत्रीय भेला पोर्चुगलको राजधानी लिस्बनमा सम्पन्न भएको छ । सोमबार सम्पन्न भएको भेलाले विभिन्न निर्णय पारित गरेको छ ।

भेलाले ‘मानव सेवामा स्याङ्जावासीको सोच, एक करोड अक्षयकोष’ भन्ने मूल नाराका साथ स्थापना गर्न लागेको अक्षयकोषका लागि पोर्चुगलबाट रु १० लाखसहित युरोपबाट रु ३० लाख सङ्कलन गर्ने निर्णय गरेको छ ।

दुई दिनसम्म चलेको भेलाले अक्षयकोषलाई विशेष अभियानका रूपमा सञ्चालन गर्ने, समाजको महादेशस्तरीय भेला गर्ने, सहकारीमार्फत सामूहिक लगानी गर्ने, युरोपका विभिन्न मुलुकमा रहेका स्याङ्जालीलाई सङ्गठित र गोलबन्द गर्ने, स्याङ्जाको विकास र समृद्धिका लागि सहकार्य गर्नेलगायतको निर्णय गरेको समाजले जनाएको छ ।

सो अवसरमा बोल्दै स्याङ्जा सहयोग समाज अन्र्तराष्ट्रिय समन्वय समितिका अध्यक्ष टुकराज अर्यालले स्याङ्जाको विकास र समृद्धिका लागि विश्वभर छरिएर रहेका प्रवासी स्याङ्जाली एकताबद्ध हुनुपर्ने बताए । समाजले स्थापनाकालदेखि नै सामाजिक र परोपकारका क्षेत्रमा काम गर्दै आएको उल्लेख गर्दै अर्यालले मानव सेवाका लागि अक्षयकोषमार्फत जोडिन सबै प्रवासी स्याङ्जालीलाई आग्रह गरे ।

समाजका अन्तर्राष्ट्रिय समन्वय समितिका वरिष्ठ सल्लाहकार थर्क सेन, सल्लाहकारहरू शशी पौडेल, ध्रुवराज पौडेल, एमपी अर्याल, उपाध्यक्ष हेमन्त रानाभाट, महिला सचिव इन्दिरा खनाल, युरोप संयोजक रामचन्द्र शर्मा, समाजका स्पेन अध्यक्ष विमल गुरुङ, बेलायतका अध्यक्ष शारदा गुरुङ, नेदरल्याण्ड्सका अध्यक्ष राजेन्द्र शर्मा, बेल्जियमका उपाध्यक्ष पूर्णप्रसाद खनाल, फ्रान्सका महासचिव उदयराज पाण्डेलगायतले प्रवासमा आर्जन गरेको ज्ञान, सीप र पूँजीलाई जिल्लाको विकास र समृद्धिमा लगानी गर्नका लागि समाजमार्फत सबैले हातेमाले र सहकार्य गर्नुपर्नेमा जोड दिए।

कार्यक्रममा एनआरएनए पोर्चुगलका अध्यक्ष सोमफुरी शेर्पा, प्रवासी मञ्च पोर्चुगलका अध्यक्ष राजाराम लामिछाने, नेपाली जनसम्पर्क समितिका यामेन्द्र घर्तीमगर, महिला समाज पोर्चुगलकी अध्यक्ष माया खरेल, नारी समाज पोर्चुगलकी महासचिव पुनम गौतमलगायतले शुभकामना मन्तव्य दिए ।

कार्यक्रम समाजका अध्यक्ष अर्जुन अर्यालको अध्यक्षता, पूर्वमहासचिव विपिन अर्यालको सञ्चालन र उपाध्यक्ष देवी डोटेलको स्वागतमा सम्पन्न भएको थियो । ख्याति प्राप्त गायक रुपक डोटेल, दिनेश खड्का, अर्जुन गैरेलगायतले साङ्गीतिक प्रस्तुति दिएका थिए ।

भेलामा अन्तर्राष्ट्रिय समन्वय समितिका पदाधिकारी स्पेन, फ्रान्स, पोर्चुगल, जर्मनी, बेल्जियम, नेदरल्याण्ड्स, बेलायतलगायत मुलुकका राष्ट्रिय समन्वय समितिका प्रतिनिधिको सहभागिता रहको थियो ।

प्रतिक्रिया