टोपबहादुर रायमाझी निलम्बित
नेपालखोज
२०८० वैशाख २७ गते १४:०६

काठमाडौं । नेकपा एमालेले सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरेको छ । नक्कली भुटानी शरणार्थी प्रकरणमा ठगीको मुद्दामा मुछिएपछि एमालेले रायमाझीलाई निलम्बन गरेको हो ।
राज्यले गर्ने अनुसन्धानमा सहयोग पुगोस् भनेर रायमाझीलाई निलम्बन गरिएको एमाले महासचिव शंकर पोखरेलले विज्ञप्तिमार्फत् बताएका छन् । अनुसन्धानको टुंगो नलागेसम्मलाई निलम्बन गरिएको विज्ञप्तिमा उल्लेख छ ।
रायमाझीविरुद्ध प्रहरीले पक्राउ पुर्जी जारी गरेको छ । उनी फरार छन् । उनका छोरा सन्दीपलाई भने प्रहरीले पक्राउ गरिसकेको छ ।
सम्बन्धित
प्रतिक्रिया