टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प
नेपालखोज
२०८० वैशाख २८ गते १३:०७

नुकुआलोफा । टोंगामा ७.६ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले उल्लेख गरेको छ।
टोंगाको हिहिफोबाट ९५ किलोमिटर पश्चिम उत्तर पश्चिममा भूकम्प गएको हो । भूकम्प १६:०२ मा र २१०.१ किलोमिटरको गहिराइमा गएको थियो ।
अमेरिकी सुनामी चेतावनी प्रणालीले भूकम्पपछि सुनामीको चेतावनी नरहेको बताएको छ । अहिलेसम्म कुनै हताहतीको खबर आएको छैन । यसबारे थप विवरण आउन बाँकी छन् ।
सम्बन्धित
प्रतिक्रिया