शनिबार, पुष १२, २०८२

नेपाली क्रिकेट टिमले विश्वकप छनोटअघि दक्षिण अफ्रिका गएर तयारी गर्ने

नेपालखोज २०८० वैशाख २८ गते १४:३२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमले आगामी जुन-जुलाईमा जिम्बावेमा हुने आईसीसी क्रिकेट विश्वकप छनोटको तयारी दक्षिण अफ्रिकामा गर्ने भएको छ । जिम्बावे र दक्षिण अफ्रिकाको मौसम उस्तै हुने भएकोले नेपालले दक्षिण अफ्रिका गएर तयारी गर्न लागेको हो ।

नेपालले जुन पहिलो साता दक्षिण अफ्रिका जाने र १० दिन दक्षिण अफ्रिकामा तयारी गर्ने नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए ।

‘अहिले भिसा प्रक्रिया भइरहेको छ । नेपालली टोली जुन १-१० (जेठ १८-२७) मा दक्षिण अफ्रिका जाने तालिका छ । त्यहाँ नेपालले अभ्यास गर्ने केही अभ्यास खेल समेत खेल्नेछ’, चन्दले भने ।

दक्षिण अफ्रिका भ्रमणमा रहँदा नेपालले स्कटल्याण्ड र नेदरल्याण्ड्ससँग अभ्यास खेल खेल्ने तयारी रहेको पनि चन्दले बताए ।

प्रतिक्रिया